Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चियालाई पर्यटन र युवा उद्यमीसँग जोड्ने गरी नीति कार्यक्रम ल्याउँछौं : मन्त्री अधिकारी

चियालाई पर्यटन र युवा उद्यमीसँग जोड्ने गरी नीति कार्यक्रम ल्याउँछौं : मन्त्री अधिकारी
विज्ञापन
Advertisement

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली चियाले विश्व बजारमा दरिलो उपस्थिति देखाएको उल्लेख गर्दै नेपाली चियाको सम्भावना अपार रहेको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार २९ औं राष्ट्रिय चिया दिवसका अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ललितपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले
विभिन्न चुनौतीकाबीचमा नेपाली चिया प्रमुख निर्यातजन्य बालीका रुपमा रहेको बताए । उनले नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा पुग्नुमा कृषक, मजदुर, उद्योगी व्यवसायी, सहकारी र सरकारको सामुहिक प्रयासबाट सम्भव भएको बताए ।

उनले भने, ‘मुलुकको व्यापारघाटा चुलिदो अवस्थामा चियामा आत्मनिर्भर मात्रै होइन, भारत सहित तेस्रो मुलुकमा समेत निर्यात हुँदै आएकाले नेपाली चियामा अपार सम्भावना छ भन्ने देखाएको छ’ मन्त्री अधिकारीले भने ।

नेपाली चियाको बजारीकरणका लागि अझै विविध चुनौतीहरुको सामना गर्नु परिरहेको उल्लेख गर्दै मन्त्री अधिकारीले आगामी दिनमा चियाको गुणस्तरीय वृद्धि र दीर्घकालीन बजारको समस्या समाधानका लागि रणनीतिक योजनाका साथ अधि बढ्न मन्त्री अधिकारीले बोर्डलाई निर्देशन दिए ।

उनले चिया क्षेत्रको समग्र नेतृत्व गरिरहेको बोर्डलाई श्रोत साधन सम्पन्न बनाई, नीतिगत समस्याहरुलाई फुकाउन मन्त्रालय तयार रहेको बताए । आगामी आर्थिक वर्ष चियामा लगानी बढाउने ,नयाँ बजारको पहिचान गर्ने, चियालाई पर्यटनसँग जोड्ने र युवा तथा महिला उद्यमीलाई चियामा आर्कर्षित गर्ने गरि कार्यक्रम ल्याईने मन्त्री अधिकारीको भनाइ छ ।

कार्यक्रममा बोर्डका अध्यक्ष तथा मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले सबैको सामुहिक प्रयास मार्फत नेपालको चियाले महत्वपूर्ण स्थान बनाएकाले आगामी दिनमा यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit