काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउ घटेको छ। आइतबार तोलामा ४७ सय रूपैयाँ बढेको सुनको मूल्य सोमबार प्रतितोला १४ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार चार सय रूपैयाँ निर्धारण गरिएको छ । अघिल्लो कारोबार दिन (आइतबार) सुन प्रतितोला दुई लाख ८३ हजार आठ सय रूपैयाँमा किनबेच भएको थियो।
यस्तै, सोमबार चाँदी मूल्य प्रतितोला १५ रूपैयाँ घटेको छ।आइतबार प्रतितोला चार हजार तीन सय २५ रूपैयाँमा खरिदबिक्री भएको चाँदी आज तोलाको चार हजार तीन सय १० रूपैयाँमा किनबेच भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।














प्रतिक्रिया दिनुहोस्