Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन माग 

अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन माग 
विज्ञापन
Advertisement

गण्डकी । उद्योगी व्यवसायीहरूले सुस्ताएको अर्थतन्त्रलाई गति दिने गरी बजेट ल्याउन माग गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार पोखरामा सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलसँग भएको एक अन्तर्क्रिया कार्यक्रममा सहभागी वक्ताहरूले अर्थतन्त्रलाई गतिशिल बनाउने किसिमको बजेट अहिलेको आवश्यकता रहेको बताए ।

यस्तै, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निजी क्षेत्र तथा लगानीमैत्री हुनुपर्नेमा जोड दिए । अर्थतन्त्रलाई गति दिने खालका नीति तथा कार्यक्रमले मात्र निजी क्षेत्र उत्साहित हुने बताउँदै उनले यसतर्फ सरकारको ध्यान जन आवश्यक भएको धारणा राखे ।

पोखराको पर्यटन उद्योगलाई चलायमान बनाउने खालका कार्यक्रमको अपेक्षा राखिएको उल्लेख गर्दै कार्कीले पोखरा उद्योग वाणिज्य सङ्घले यहाँको शिक्षा, स्वास्थ्य, पर्यटनको विकास तथा कृषिको व्यवसायीकरणका निम्ति निरन्तर पैरवी गर्दै आइरहेको जानकारी दिए । आफूहरूले निजी क्षेत्रको हितमात्र नभई समग्र पोखराको विकासका निम्ति पनि उत्तिकै क्रियााशिल रहेको उनको भनाइ छ । सिन्धुपाल्चोकका व्यवसायीसँग रहेको हिमालपार व्यापारको अनुभव र त्यसको महत्वबारे उल्लेख गर्दै उनले गण्डकी प्रदेशको कोरोला नाका सुचारु हुँदा समग्र गण्डकी क्षेत्रका व्यवसायीको निम्ति नयाँ सम्भावनाको ढोका खुल्ने धारणा राखे ।

कोरोलामा नेपालतिर खासै भौतिक संरचना नबने पनि चीनसँग आयात र निर्यातको काम गर्ने अवसर आएको उनको भनाइ छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले अहिले खासा र रसुवा नाकाबाट निर्यातभन्दा बढी आयात मात्र हुने गरेको जानकारी दिँदै आयातमा आधारित अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्ने धारणा राखे ।

नेपाल उद्योग वाणिज्य महासङ्घले जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घका समस्याप्रति बढी ध्यान दिनुपर्ने भन्दै उनले महासङ्घमा वास्तविक समस्या बुझेको व्यक्ति नेतृत्वमा आउनुपर्नेमा जोड दिए । पोखरा उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापतिले देशैभरका उद्योगी/व्यवसायीहरु अहिले एउटै समस्याले पीडित भएको बताउँदै सुस्ताएको बजार चलायनमान बनाउन सरकारलाई निरन्तर दबाब दिनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घलाई मोफलसका समस्याप्रति गम्भीर बनाउनका निम्ति जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घहरूको एकताबद्ध प्रयास आवश्यक रहेको उनको भनाइ छ । कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उपमहासचिव सुदीप प्रधानाङ्गलगायतले उद्योगी व्यवसायीका समस्यालाई समाधान गर्ने गरी बजेट आउनुपर्ने धारणा राखेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit