Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

नेपालीको प्रतिव्यक्ति आय बढेर १५ सय १७ डलर पुग्यो

नेपालीको प्रतिव्यक्ति आय बढेर १५ सय १७ डलर पुग्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेपालीको प्रतिव्यक्ति वार्षिक आयमा वृद्धि भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमानमा औसत आय बढेर १५ सय १७ अमेरिकी डलर पुगेको उल्लेख छ ।

गत वर्ष प्रतिव्यक्ति आय १४ सय ६७ डलर रहेको थियो । एक वर्षको बीचमा प्रतिव्यक्ति आय ५० डलर बढेको कार्यालयले जनाएको छ । त्यस्तै, चालु आवमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६१ खर्ब ७ अर्ब रुपैयाँमा पुग्ने अनुमान गरिएको छ। तर, समग्र आर्थिक वृद्धिदर भने ३.९९ प्रतिशतमा सीमित हुने देखिएको छ।

तथ्यांक कार्यालयका अनुसार अर्थतन्त्रका केही प्रमुख क्षेत्र सकारात्मक हुँदै गएका छन्। तर, थोक तथा खुद्रा व्यापारमा खासै वृद्धि नहुनु, शिक्षा क्षेत्रमा मूल्य अभिवृद्धिदर न्यून रहनु, र रियल स्टेट कारोबारमा सुस्त वृद्धि हुनुका कारणले लक्ष्यअनुसारको आर्थिक वृद्धि हासिल नहुने अनुमान गरिएको हो।

निर्माण क्षेत्रले भने अघिल्लो वर्षको तुलनामा केही सुधार देखाएको छ। गत वर्ष १.२७ प्रतिशतले मात्रै बढेको यो क्षेत्र चालु वर्ष २.०९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ। त्यसैगरी, घरजग्गा तथा रियलस्टेट कारोबारमा २.४३ प्रतिशतबाट २.७२ प्रतिशतको सामान्य वृद्धि हुने देखिएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले अर्थतन्त्रले बिस्तारै लय समात्न थालेको र आगामी आर्थिक वर्षदेखि सुधारको गति अझ तीव्र हुने आशा व्यक्त गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit