काठमाडाैं । साताको बुधबार दिन नेप्से परिसूचक ८.१४ अंकले घटेर २ हजार ६२३.८३ विन्दुमा आइपुगेको छ । नेप्से सूचक निरन्तर घट्दा लगानीकर्ता लगानी गराउन पर्ख र हेरको अबस्थामा देखिएका छन् । अर्कोतर्फ राजनीतिक खिचातानीकै कारण वित्तीय क्षेत्रको नीति नियम बनाउने नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त अझै पनि हु सकेको छैन ।
जसको कारणले पनि शेयर बजारमा प्रभाव परेको लगानीकर्ताहरु बताउँछन् । यो दिन ८ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको छ भने सर्वाधिक कारोबार गर्ने कम्पनीमा राधि विद्युत कम्पनी, न्यादी ग्रुप पावर रहेको छ । त्यस्तै, यो दिन समाज लघुवित्त वित्तीय संस्था, नेपाल माइक्रो इन्स्योरेन्स, ग्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
घटेको बजारमा भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी,कर्पोरेट डेभलपमेन्ट बैंक, तारागाउँ रिजेन्सीको शेयर मूल्य ३.७७ प्रतिशतदेखि १० प्रतिशतसम्मले घटेर नकारात्मक सर्किट लागेको छ ।

















प्रतिक्रिया दिनुहोस्