images
images

अपहरणको अभियोगमा नाबालकसहित चार जना पक्राउ

images
images
images

वीरगञ्ज (पर्सा) । कलैया उपमहानगर–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सुवास भट्टले अपहरणमा परेका साहको वीरगञ्ज महानगर–१२ मुर्लीस्थित एक घरबाट मंगलबार राति उद्धार गरेको जानकारी दिए । अपहरण अभियोगमा रिकेशकुमार र राजन गुप्ता तथा सखुवाप्रसौनी गाउँपालिकाका सिकेन्द्र साहलाई पक्राउ गरिएको भट्टले बताए ।
उनका अनुसार हिरासतमा रहेका नाबालखको विवरण भने सार्वजनिक गरिएको छैन ।

images
images

उनिहरुलाई पर्सा जिल्ला अदालतबाट बुधबार शरीर बन्धकसम्बन्धी कसुरमा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको सूचना अधिकारी भट्टले बताए ।

images
images

प्रतिक्रिया दिनुहोस्