Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

अपहरणको अभियोगमा नाबालकसहित चार जना पक्राउ

अपहरणको अभियोगमा नाबालकसहित चार जना पक्राउ
विज्ञापन
Advertisement

वीरगञ्ज (पर्सा) । कलैया उपमहानगर–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सुवास भट्टले अपहरणमा परेका साहको वीरगञ्ज महानगर–१२ मुर्लीस्थित एक घरबाट मंगलबार राति उद्धार गरेको जानकारी दिए । अपहरण अभियोगमा रिकेशकुमार र राजन गुप्ता तथा सखुवाप्रसौनी गाउँपालिकाका सिकेन्द्र साहलाई पक्राउ गरिएको भट्टले बताए ।
उनका अनुसार हिरासतमा रहेका नाबालखको विवरण भने सार्वजनिक गरिएको छैन ।

उनिहरुलाई पर्सा जिल्ला अदालतबाट बुधबार शरीर बन्धकसम्बन्धी कसुरमा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको सूचना अधिकारी भट्टले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit