images images images
images images images
images
images
images

आइएफसी र उद्योग वाणिज्य महासंघबीच उत्पादनमूलक क्षेत्रमा सहकार्य गर्न छलफल

images

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र नेपाल उद्योग वाणिज्य महासंघबीच नेपालको आर्थिक विकास, रोजगारी तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ ।

आइएफसीका दक्षिण एसिया क्षेत्रका म्यानेजर ग्रेगोरी स्मिथ र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालबीच बुधबार महासंघ सचिवालयमा भएको भेटवार्तामा स्मिथले नेपालको आर्थिक विकासमा नेपाल उद्योग वाणिज्य महासंघसँग सहकार्य गर्न आइएफसी तयार रहेको बताए । स्मिथले नेपालको निजी क्षेत्रलाई सबल बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय वित्त निगमले ज्ञान साझेदारी, साना तथा मझौला उद्यमहरूको क्षमता विकास, र युवाहरूका लागि अर्थपूर्ण रोजगारीका मार्ग सुनिश्चित गर्न सहकर्य गर्न सकिने धारणा राखे ।

images
images

महासंघका उपाध्यक्ष ढकालले महासंघले विगतमा आईएफसीसँगको सहकार्यमा विभिन्न काम गरेको स्मरण गर्दै निजी क्षेत्रको सुदृढीकरणका लागि आइएफसीले गरेको सहयोग प्रति आभार व्यक्त गरे । “सन् २०२२ मा महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले संयुक्त रूपमा तयार पारेको ‘नेपालको निजी क्षेत्रको अवस्था’ सम्बन्धी प्रतिवेदनलाई विशेष महत्वको रूपमा लिएका छौं । उक्त अध्ययनले नेपालको निजी क्षेत्रका शक्ति, चुनौती र सम्भावनाहरूलाई उजागर गर्दै नीति निर्माण र लगानीका लागि मार्गनिर्देशक भूमिका खेलेको छ ।” उपाध्यक्ष ढकालले भने ।

महासंघको लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले निजी क्षेत्रले पर्यटन, सूचना प्रविधि, कृषि, शिक्षा तथा स्वास्थ्य लगायतका क्षेत्रहरूमा उल्लेखनीय योगदान गरेको धारणा राख । यस्तै उनले आइएफसीसँगको सहकार्यले निजी क्षेत्रको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताए । ज्ञान आदानप्रदान, वित्तीय पहुँचको सहजता, हरित अर्थतन्त्रको प्रवद्र्धन, डिजिटल रूपान्तरण, र साना तथा मझौला उद्योगको क्षमता विकासजस्ता क्षेत्रमा अन्तर्राष्ट्रिय वित्त निगमको प्राविधिक तथा संस्थागत सहकार्यको अपेक्षा राखेको पौडेलले बताए ।

images
images

प्रतिक्रिया दिनुहोस्