Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

बैशाखमा छैटौं पटक बजारबाट तरलता खिच्दै राष्ट्र बैंक, आज ३५ अर्ब रुपैयाँ झिक्दै

बैशाखमा छैटौं पटक बजारबाट तरलता खिच्दै राष्ट्र बैंक, आज ३५ अर्ब रुपैयाँ झिक्दै
विज्ञापन
Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) बढेपछि राष्ट्र बैंकले आज फेरि ३५ अर्ब रुपैयाँ बजारबाट झिक्न लागेको छ ।

विज्ञापन
Advertisement
Advertisement

अधिक तरलता व्यवस्थापन गर्न बजारबाट केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ पैसा खिच्ने भएको हो। राष्ट्र बैंकले आज समेत गरी बैशाखमा मात्रै छैटौं पटक बजारबाट पैसा झिक्न लागेको छ । त्यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम तान्न लागेको हो ।

निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकमा पैसा निक्षेप गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

निक्षेप संकलन उपकरणको जेठ १४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख गरेको छ ।

यससँगै केन्द्रीय बैंकले वैशाखमा मात्र छैटौं पटक तरलता खिच्ने लागेको हो । यसअघि ३ गते र ७ गते ३० अर्ब र १० गते ३५ अर्ब , १७ गते ५० अर्ब २१ पनि ५० अर्ब तरलता खिचेको थियो । करिब डेढ वर्षयता राष्ट्र बैंकले नियमित रुपमा सातामा दुई पटक आइतबार र बुधबार निक्षेप संकलन उपकरणमार्फत् बजारबाट पैसा झिक्दै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit