Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

भारतले पाकिस्तानमाथि सैन्य कारबाही थालेपछि के के भयो ?

भारतले पाकिस्तानमाथि सैन्य कारबाही थालेपछि के के भयो ?
विज्ञापन
Advertisement

काठमाडौं । बुधबार बिहान पौने २ बजेतिर भारतद्वारा पाकिस्तानको नियन्त्रित क्षेत्र कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै गरिएको आक्रमणपछि भारत–पाकिस्तान तनाव चुलिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

केद्र सरकारले एक विज्ञप्ति जारी गर्दै ९ ठाउँमा एअर स्ट्राइक गरेको जनाएको छ । भारतीय सञ्चारमाध्यमले भने आक्रमणमा १०० भन्दा बढी मानिस मारिएको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले कम्तिमा ३५ जना मारिएको बताउँदा तर पाकिस्तानले भने दुई बालबालिकासहित ७ जना मारिएको दाबी गरेको छ ।

अहिलेसम्म कति मानवीय क्षति भयो भन्ने आधिकारिक विवरण दुवै पक्षबाट स्वतन्त्र पुष्टि भइसकेको छैन । सन्, १९७१ मा पाकिस्तानमा गरिएको आक्रमणपछि पहिलोपटक भारतका तीनै तहका सुरक्षा निकाय (भारतीय सेना, नेभी र एअरफोर्स ) ले संयुक्त रुपमा ‘अपरेशन सिन्दूर’ मा काम गरिरहेका छन् ।

भारतीय रक्षा मन्त्रालयका अनुसार ‘अपरेशन सिन्दूर’ नाम दिएर हमला सुरु गरिएको थियो । हमला भएका ती नौ वटै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको रक्षा मन्त्रालयले जनाएको छ ।

यो कारबाही अप्रिल २२ मा भारत–नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ।

भारतको वाशिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आक्रमण पूर्णरूपमा लक्षित र सटीक थियो। केवल चिनिएका आतंकी शिविरहरूलाई मात्र निसाना बनाइएको हो।’ पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गरेका छन् । उनले त्यसको बदलामा बलियो जवाफ दिने चेतावनी दिए ।

इस्लामाबादमा सबै स्कुल–कलेज बन्द

उक्त कारबाहीपश्चात् पाकिस्तानको राजधानी इस्लामाबादमा सबै सरकारी र निजी स्कुल एवं कलेज बन्द गरिएको छ । यद्दपि पाकिस्तान सरकारले सबै निर्धारित परीक्षा भने तय भएकै समयमा हुने बताएको छ ।
पाकिस्तानी सेनाले एलओसी र अन्तर्राष्ट्रिय सीमामा लगातार फायरिङ जारी राखेको छ । जम्मू–कश्मीरको केही क्षेत्रमा पाकिस्तानी सेनाको आक्रमणमा परी ६ जना भारतीय नागरिकको मृत्यु भएको छ । २४ जना घाइते भएको विवरण सार्वजनिक भएको छ ।

पाकिस्तानको एयर स्पेस बन्द

भारत पाकिस्तानबीचको द्वन्द्वात्मक अवस्थालाई मध्यनजर गर्दै पाकिस्तानले एयर स्पेसका फ्लाइट रोकेको छ । यता भारतले पनि बढ्दो तनावलाई मध्यनजर गर्दै पाकिस्तानको सीमासँग जोडिएका राज्यमा उडान रद्द गरेको छ ।

भारतले पाकिस्तानको सीमाबाट नजिक पर्ने सात राज्यका ११ एयरपोर्ट्समा फ्लाइट्स अप्रेशन बन्द गरेको छ । श्रीनगर,जम्मू, लेह, चन्डीगढ, बीकानेर, जोधपुर, राजकोट, धर्मशाला, अमृतसर, भुज र जामनगरमा सबै उडान रोकिएका छन् ।
यसैबीच भारतीय विदेश सचिव विक्रम मिसरीले पाकिस्तानले आतंकवादीलाई शरण दिने स्थानको रुपमा विश्वभरमा पहिचान बनाएको टिप्पणी गर्दै भारतले सीमापार आतंकवादलाई जवाफ दिन हमला गरेको बताए ।

उनले भने, ‘पाकिस्तानद्वारा आफ्नो नियन्त्रण भएको क्षेत्रमा आतंकवादीको भौतिक संरचनाको विरुद्ध कारबाही गर्न कुनै स्पष्ट कदम उठाइएन । उल्टो पाकिस्तान इन्कार गर्न र आरोप लगाउन लिप्त रह्यो । पाकिस्तान आधारित आतंकवादी मोडलमा हाम्रो खुफिया निगरानीले भारत विरुद्ध हमला हुने संकेत दिएको छ । त्यसैले यिनीहरुलाई रोक्नु र उनिहरुसँग लड्नु दुवै धेरै आवश्यक थियो ।’ उनले थप भने, ‘भारतले सिमापार हमलाको जवाफ दिन आज बिहान उनिहरुलाई रोकेर प्रतिरोध गर्न आफ्नो अधिकारको प्रयोग गरेको छ ।’

यसैबीच संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ। उसले भनेको छ, ‘दुई आणविक शक्तिहरूबीच युद्ध विश्वका लागि अत्यन्त खतरनाक हुन सक्छ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit