Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बन्धक प्रस्तावपछि हमासले भन्यो– ‘बल इजरायलको कोर्टमा छ’

बन्धक प्रस्तावपछि हमासले भन्यो– ‘बल इजरायलको कोर्टमा छ’
विज्ञापन
Advertisement

गाजा युद्धविराम वार्ताको एक हिस्साका रूपमा इजरायली–अमेरिकी बन्धकलाई रिहा गर्ने र अन्य चार जनाको शव फिर्ता गर्ने प्रस्ताव गरेपछि हमासले शनिबार ‘बल इजरायलको कोर्टमा छ’ भनेको छ ।शुक्रबारको प्रस्तावपछि इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका दूतको प्रस्तावपछि प्यालेस्टिनी लडाकूहरू ‘एक मिलिमिटर पनि विचलित नभएको’ बताएको छ ।

विज्ञापन
Advertisement
Advertisement

जनवरीमा शुरू भएको युद्धविरामको पहिलो चरण मार्च १ मा अर्को चरणको बारेमा सहमति नभई समाप्त भयो । हमासका एक अधिकारीले वार्ता मङ्गलबार दोहामा शुरू भएको बताए । ‘बल इजरायलको कोर्टमा छ”, हमासका प्रवक्ता अब्दुल लतिफ अल–कानोउले इजरायललाई यसको कार्यान्वयनमा ‘ढिलाइ’ गरेको आरोप लगाउँदै भने यो, ‘हामी युद्धविराम सम्झौतालाई बलियो बनाउन चाहन्छौँ र (इजरायल) लाई यसका सर्तहरू कार्यान्वयन गर्न बाध्य पार्न चाहन्छौँ ।’

उहाँले मार्च २ देखि गाजामा मानवीय सहायता प्रवेशमा भइरहेको अवरोधलाई औल्याए हमासको राजनीतिक ब्युरोका एक सदस्यले अज्ञात रूपमा बोल्दै एएफपीलाई हमासको सन् २०२३ अक्टोबर ७ को आक्रमणका क्रममा अपहरण गरिएका २१ वर्षीय सैनिक एडन अलेक्जान्डरलाई रिहा गर्ने र अन्य चार इजरायली–अमेरिकी बन्धकहरूको शव फिर्ता गर्ने प्रस्ताव ‘अद्वितीय सम्झौता’ को हिस्सा भएको बताए । अधिकारीका अनुसार बदलामा इजरायलले प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्नेछ र यसको सङ्ख्या अझै वार्तामा रहेको छ ।

अधिकारीका अनुसार वार्ता ५० दिनको अवधिभित्र समाप्त हुने गरी प्रस्तावित आदान–प्रदान युद्धविरामको दोस्रो चरणको कार्यान्वयनका लागि एकै समयमा वार्ता शुरू गर्ने सर्त गरिएको थियो ।प्रस्तावले गाजामा मानवीय सहायता प्रवेशका लागि सबै सीमा क्रसिङहरू तुरुन्तै खोल्न र फिलाडेल्फिया करिडोरबाट इजरायली सेना फिर्ता लिने आह्वान पनि गरेको उनले बताए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले शुक्रबार हमासलाई ‘हेरेफेर र मनोवैज्ञानिक युद्धमा’ भर परेको आरोप लगाएको थियो
नेतान्याहुको कार्यालयले ‘वार्ता टोलीबाट विस्तृत प्रतिवेदन प्राप्त गर्न र बन्धकहरूलाई मुक्त गर्ने दिशामा अर्को कदमहरू निर्णय गर्न’ प्रधानमन्त्री नेतन्याहुले शनिबार अबेर धेरै मन्त्रीहरूसँग भेट्नुहुने बताएको छ ।

ेह्वाइट हाउसले शुक्रबार हमासलाई ‘पूर्ण रूपमा अव्यावहारिक’ मागहरू गरेको र ‘समय आफ्नो पक्षमा छ भनेर धेरै खराब शर्त लगाएको’ आरोप लगाएको छ ।जनवरी १९ मा लागु भएको युद्धविरामको प्रारम्भिक छ हप्ताको चरणमा लडाकूहरूले इजरायली जेलमा रहेका लगभग एक हजार आठ सय प्यालेस्टिनी बन्दीहरूको सट्टामा आठजना मृतकसहित ३३ जना बन्धकलाई रिहा गरेका छन् ।गाजामा अझै ५८ बन्धक छन् । तीमध्ये ३४ जनालाई इजरायली सेनाले मृत घोषित गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit