काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार २४ अर्ब रुपैयाँ झिक्ने भएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलता जम्मा भएसँगै केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट निरन्तर निक्षेप रकम झिक्दै आइरहेको छ ।
राष्ट्र बैंकले २१ दिनका लागि २४ अर्ब तान्न दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बैंक तथा वित्तिय संस्थाहरुले बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल रकम आह्वान गर्न सूचनामार्फत जानकारी गराएको छ ।
उक्त रकमको सावाँ तथा ब्याज भुक्तानी बैंकले आगामी जेठ २५ गते उपलब्ध गराउने जानाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
केन्द्रीय बैंकले साताको दुई दिन आइतबार र बुधबार बजारबाट निरन्तर रुपमा तरलता खिच्दै आएको छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्