Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेशनल लाइफ इन्स्योरेन्सको सिइओमा सुरेश प्रसाद खत्री पुनः नियुक्त

नेशनल लाइफ इन्स्योरेन्सको सिइओमा सुरेश प्रसाद खत्री पुनः नियुक्त
विज्ञापन
Advertisement

काठमाडाैं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्री दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिले उनको चार वर्षे पहिलो कार्यकाल सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै कार्यसम्पादन मूल्याङ्कनपछि दोस्रो कार्यकालका लागि पुनर्नियुक्त गर्ने निर्णय गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

उनको नयाँ कार्यकाल जेठ ३ गतेदेखि लागू भए पनि सो दिन सार्वजनिक बिदा परेकाले उनले जेठ ४ गतेदेखि औपचारिक रूपमा दोस्रो कार्यकाल सम्हालेका छन्।

खत्रीले भरत बस्नेतको कार्यकाल समाप्तिपछि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिएका थिए। उनी ३२ वर्षदेखि निरन्तर रूपमा नेशनल लाइफ इन्स्योरेन्समा आबद्ध छन्। खत्रीले आफ्नो पेशागत यात्रा सहायक पदबाट शुरू गरेका थिए भने भारतको बैङ्ग्लोरबाट व्यवस्थापनमा स्नातकोत्तर तहको अध्ययन सम्पन्न गरेका छन्।

तीन दशकभन्दा लामो इतिहास बोकेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले खत्रीको नेतृत्वमा व्यवसायिक प्रगति हासिल गरेको बताइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit