काठमाडाैं । साताको बुधबार दिन नेप्से परिसूचक ७.९४ अंकले घटेर २ हजार ६६९.५१ विन्दुमा आइपुगेको छ । नयाँ गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्ति भएर कार्यकार सम्हालेकै दिन शेयर बजारले नयाँ गभर्नरलाई रातो संकेत दिएको हो । आम लगानीकर्ताहरु नयाँ गभर्नर आएपछि बजार बढ्ने अपेक्षा राखेका थिए, त्यसको विपरीत बजार घटेर तल्लो विन्दुमा आइपुगेको हो । अघिल्लो दिन नेप्से सूचक ४९ अंकले बढेको थियो ।
तर, यो दिन अघिल्लो दिन बढेको बजारले धेरै लगानीकर्ताहरु नाफा बुक राख्ने होडले बजार चापमा परेको थियो जसको असर पनि बजार घट्न पुगेको शेयर बजार विश्लेषकहरु बताउँछन् । यो धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३१६ ‘स्क्रीप्ट’को २ करोड ३० लाख कित्ता शेयर किनबेचहुँदा १० अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको छ । जसमा राधिविद्युत कम्पनी, माउन्टेन इनर्जी नेपाल लिमिटेड, न्यादी ग्रुप पावर,युनिभर्सल पावर कम्पनीको शेयर ३७ करोड २९ लाख रुपैयाँदेखि ७१ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।
यो दिन घटेको बजारमा ओम मेघाश्री फार्माम्यूटिकल्स, सिन्धु विकास,सप्तकोशी डेभलपमेन्ट विकास बैंकको शेयर मूल्य ४.७४ प्रतिशतदेखि १० प्रतिशतले बढेर सर्किट लागेको छ । यो दिन स्विट गंगा हाइड्रो,मात्रीभूमि लघुवित्त,बोलटर नेपाल,बाराही हाइड्रो पावर कम्पनीको शेयर मूल्य ४.६६ प्रतिशतले घटेको छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्