काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि शैक्षिक नतिजामा आधारित अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।
उनले भने, ‘आफ्नो भविष्य आफैैं निर्माण गर्न सक्ने क्षमतावान, उद्यमशिल र उत्पादक मावन पुँजीको विकास गरिने छ । शिक्षा प्रणालीलाई आधुनिक र प्रविधि मैत्री बनाइने छ । प्रत्येक जिल्लामा कम्तिमा एक विद्यालय पर्ने गरी १०० विद्यालयमा शैक्षिक नतिजामा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने छ ।’ उक्त कार्यक्रमका लागी सरकारले प्रति विद्यालय २५ लाख रुपैयाँ अनुदान प्रदान गर्ने अर्थमन्त्रीले बताए ।
यस्तै सरकारले कक्षा पाँच सम्मको विद्यार्थीका लागि उपलब्ध गराउँदै आएको दिवा खाजा रकमा वृद्धि गरेको छ । कक्षा पाँच सम्मको विद्यार्थीका लागि उपलब्ध गराउँदै आएको दिवा खाजा रकमा वृद्धि गरी १० अर्ब १९ करोड रुपैयाँ विनियोजन गरेको छु ।’ यसबाट २८ लाख विद्यार्थीले लाभ पाउने छन् ।



कर्पोरेट समाचार 























प्रतिक्रिया दिनुहोस्