काठमाडौं । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ ।
बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२ ८३ को बजेट सार्वजनिक गर्दै सीमा तथा दूरीका आधारमा विद्यालय गाभ्ने नीति अगाडि सार्ने बताए ।
यस्तै, उनले शिक्षक बैंकको सुरुवात तथा स्वयम् सेवक कार्यक्रमको सुरुवात गर्ने बताए । उनले भने, ‘विद्यालय शिक्षा पूरा गरेका विद्यार्थीलाई नतिजाको आधारमा प्राविधिक, व्यवसायीक तथा विश्वविद्यालय शिक्षा आवद्ध हुन प्रोत्साहित गरिने छ ।’
यस्तै उच्च शिक्षा अध्ययन गर्न नसकेका युवालाई शिपमूलक तालिममार्फत उद्यमशील बनाइने पौडेलले बताए । यसका लागि २६ हजार ९ सय युवालाई ६ महिना बढी समय तालिम दिने अर्थमन्त्री पौडेलको भनाइ छ । उनले शिक्षालाई आय सँग जोडेने कार्यक्रम सञ्चालन गरिने बताए । ‘सरकारले उद्यमशिलतामैत्री शिक्षालाई प्रोत्साहन गर्न हप्तामा २० घण्टा न्यूनतम ज्याला सहित कमाउँदै पढ्दै कार्यक्रम सञ्चालन गरिने छ ।’



कर्पोरेट समाचार 























प्रतिक्रिया दिनुहोस्