Advertisement
Advertisement
Corporate Samachar
१५ असार २०८३, सोमबार
Advertisement

‘आर्थिक रुपमा आत्मनिर्भर नभएसम्म सशक्तिकरणका नाराहरु पूरा हुँदैनन्’

‘आर्थिक रुपमा आत्मनिर्भर नभएसम्म सशक्तिकरणका नाराहरु पूरा हुँदैनन्’
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवहाक प्रमुख सुनिता डंगोलले आर्थिक रुपमा आत्मनिर्भर नभएसम्म सशक्तिकरणका नाराहरु पूरा हुन नसक्ने बताएकी छन् ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार काठमाडौं महोत्सव २०८२ उद्घाटन समारोहमा उनले महिला पुरुष वा अन्य कुनै वर्गको सशक्तिकरणको कुरा गर्दा त्यसमा आर्थिक आत्मनिर्भरको कुरा मुख्य हुने बताइन् । उनले भनिन्, ‘यो कार्यक्रमले धेरै उद्यमीहरुलाई आशा पनि दिनेछ । हामीले महिला सशक्तिकरणको कुरा गरौ, युवा सशक्तिकरणको कुरा गरौं वा जो कुनै व्यक्तिको सशक्तिकरणको कुरा गर्दा त्यसमा जोडिने एकदमै महत्वपूर्ण पाटो भनेको आर्थिक रुपमा आत्मनिर्भर नै हो। जबसम्म हामी आर्थिक रुपमा आत्मनिर्भर बन्न सक्दैनौ तबसम्म हामीले लगाउने सशक्तिकरणका विभिन्न नाराहरु पूरा हुन सक्दैन् ।’

यस्तै, उनले समाजमा भएको सीपलाई बजारीकरण गर्न नसकेको भन्दै त्यो सीपलाई बजारसँग जोड्नको लागि पनि यो मेला एकदमै महत्वपूर्ण हुने बताईन् । आगामी दिनमा पनि निजी र सार्वजनिक क्षेत्रसँगै अगाडि बढ्नुपर्ने बताइन् । त्यसको लागि काठमाडौं महानगरपालिका सहकार्य गर्न तयार रहेको उनको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit