images images images
images images images
images
images
images

महाकालीको माछा बेचेर जीविका चलाउँदै

images

कञ्चनपुर । भीमदत्त नगरपालिका–१८ कटानकी इन्दु राई माछा मार्न बिहान झिसमिसेमै महाकाली नदी धाउँछन् । महाकालीबाट माछा मारेर बिक्री गरी उनको परिवारको जीविका चलेको छ । डेढ दशकदेखि राईले महाकाली नदीमा माछा मार्दै आएका छन् ।

माछा मार्न जाँदा राईले खाना पनि साथमै बोकेर जाने गरेको सुनाउँछन् । उनले दैनिक पाँच किलोदेखि १० किलोसम्म माछा मार्दै आएका छन् । त्यही माछा झलारी, महेन्द्रनगर, दैजीलगायतका स्थानीय बजारमा लगेर बिक्री गरेको आम्दानीले उनको जीविका चल्दै आएको छ ।

images
images

“ताजा माछाको माग बढी हुन्छ,” राईले भने, “ग्राहकलाई पु¥याउनै सक्दैनौँ ।” सानो माछा प्रतिकिलो २५० र ठूलो माछा रु ३०० मा बिक्री हुन्छ । उनले माछा मार्दा खाना खाने थालीमा कपडा बेरेर बीचमा प्वाल पारी त्यसमा अतिकति पीठो राख्छन् । माछा पीठो खानका लागि भित्र छिरेपछि उनी माछा समात्ने गरेको सुनाउँछन् । नदीमा ढुङ्गा हुने भएकाले जाल थाप्न अप्ठेरो हुने गरेको उनको भनाइ छ ।

माछा बिक्री गरेर महिनामा ३० हजारदेखि ३५ हजारसम्म कमाई हुने गरेको राईले बताए । उनको घर छ तर खेतीपाती गर्न जग्गा छैन । अन्न, नुन, तेल, लुगाफाटो, औषधोपचार, बालबालिकाको विद्यालयको खर्चलगायत आवश्यकता उनले माछा बिक्री गरेको आम्दानीले धान्ने गरेको बताउँछन् ।

महाकाली नदी जीविका चलाउने एक मात्रै साधन भएको राईसँगै माछा मार्दैआएकी पार्वती चौधरी बताउँछिन् । घरको सबै खर्च माछा बिक्रीबाट आएको आम्दानीले धानिएको उनले बताइन् । “विगतको तुलनामा नदीमा थोरै माछा पाइन्छ, माछाको खोजीमैदिन बित्छ”, चौधरीले भनिन् । महाकालीमा महासिर, सिलर, रैना, असला, मगरीलगायत जातका माछा पाइन्छन ।

images
images

प्रतिक्रिया दिनुहोस्