Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

नेपाल लाइफको निःशुल्क स्वास्थ्य शिविरबाट ६०० लाभांवित, ५०५ पिन्ट रगत संकलन

नेपाल लाइफको निःशुल्क स्वास्थ्य शिविरबाट ६०० लाभांवित, ५०५ पिन्ट रगत संकलन
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न गरेको छ। कम्पनीले विशेष अवसरमा काठमाडौंमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर र देशभरका १३ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले गत सोमबार र मंगलबार आफ्नो केन्द्रीय कार्यालयको प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। आरबी डायग्नोस्टिकसँगको प्राविधिक सहकार्यमा आयोजित उक्त शिविरबाट ६०१ जना सर्वसाधारणले प्रत्यक्ष लाभ लिएको जनाइएको छ ।

शिविरमा सहभागीहरूले ईसीजी, थाइराइड, सुगर, प्रेसर, एसजिपिटी, कोलेस्ट्रोल, र यूरिक एसिड जस्ता रोगको निशुल्क परिक्षणसँगै अन्य रोगका विज्ञ डाक्टरहरूबाट स्वास्थ्य परामर्श लिएका थिए । स्वास्थ्य शिविरसँगै कम्पनीले सातै प्रदेशका प्रमुख १३ सहरहरूमा बृहत् रक्तदान कार्यक्रम गरेको छ। ‘जीवन अमूल्य छ’ भन्ने भावनालाई आत्मसात् गर्दै आयोजना गरिएको यस कार्यक्रमबाट कुल ५०५ पिन्ट रगत संकलन भएको संस्थाले जनाएको छ।

नेपालको अग्रणी जीवन बीमा कम्पनीको रूपमा रहेको नेपाल लाइफले करिब ३० प्रतिशत बजार हिस्सा ओगट्दै आएको छ। विगत २५ वर्षदेखि ५४ लाखभन्दा बढी नेपाली परिवारहरूको विश्वास जित्न सफल यस कम्पनीले देशभरका ७७ वटै जिल्लामा रहेका शाखा सञ्जाल र ६९,००० भन्दा बढी अभिकर्ताहरूमार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्ना ग्राहक, शेयरधनी, कर्मचारी, अभिकर्ता र नियामक निकायप्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनमा अझ परिष्कृत र डिजिटल सेवा दिने प्रतिबद्धता समेत जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit