Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक, मुख्य एजेन्डा के ?

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक, मुख्य एजेन्डा के ?
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बिहीबारका लागि संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् । प्रधानन्यायाधीशको रिक्त संवैधानिक पदमा नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्रीले भोलि साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

हाल सर्वोच्च अदालतको प्रधानन्यायाधीश पद रिक्त रहेको छ। संवैधानिक परिषद्ले सिफारिस नगर्दा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले गत चैतदेखि नै कायममुकायम (कामु) प्रधानन्यायाधीशको रूपमा जिम्मेवारी सम्हाल्दै आएकी छन्। भोलिको बैठकको मुख्य कार्यसूची नै प्रधानन्यायाधीशको नियुक्ति सिफारिस रहेको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार, प्रधानमन्त्रीको निर्देशनमा परिषद् सचिवालयले बैठकको तयारी पूरा गरी सदस्यहरूलाई पत्र समेत पठाइसकेको छ। भोलीको बैठकले प्रधानन्यायाधीशको नाम सिफारिस गरेपछि उक्त नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ । सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने संवैधानिक प्रावधान रहेको छ।

यसअघि लामो समयदेखि परिषद्को बैठक बस्न सकेको थिएन, जसका कारण न्यायपालिका र अन्य संवैधानिक निकायहरू नेतृत्वविहीन बन्न पुगेका थिए। उक्त अड्चन हटाउन सरकारले अध्यादेश ल्याएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार मात्रै ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश’ जारी गरेका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit