images images images
images images images
images
images
images

२० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

images

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट आइतबार २० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले आज २० अर्ब निक्षेप लिन लागेको हो ।

बैंकिङ प्रणालीमा अधिक तरलता कायम भएपछि अनलाइन खरिद प्रणालीमार्फत केन्द्रीय बैंकले बोलकबोल गर्न लागेको हो । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ साउन ४ गते भुक्तानी हुने राष्ट्र बैंकले सूचनामार्फत जनाएको छ ।

images
images

बोलकबोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनुपर्नेछ ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१/ ८२ को सुरुवातबाटै निरन्तर रुपमा तरलता खिच्दै आएको छ । अहिले कुल निक्षेप रकम ६९ खर्ब ४५ अर्ब माथि पुगेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्