Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

संस्थापक शेयर ‘लकइन’ मै छ, भ्रममा नपर्नु : सिटी होटल

संस्थापक शेयर ‘लकइन’ मै छ, भ्रममा नपर्नु : सिटी होटल
विज्ञापन
Advertisement

काठमाडौं। सिटी होटल लिमिटेडले आफ्नो संस्थापक समूहको शेयर कानून विपरीत बिक्री गरेको भनी बजारमा फैलाइएको चर्चालाई पूर्णतः निराधार, भ्रामक र तथ्यहीन भएको दाबी गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले शेयर ‘लकइन’ सम्बन्धी नियमको पूर्ण पालना गरिएको भन्दै भ्रममा नपर्न लगानीकर्ताहरूलाई आग्रह गरेको हो। संस्थापक र कर्मचारी समूहको कुल २ करोड ७२ लाख १९ हजार ३२८ कित्ता शेयर आगामी २०८३ जेठ ४ गतेसम्म लकइनमा रहनेछ । हाल कम्पनीको कुल जारी शेयरको ९०.४० प्रतिशत हिस्सा लकइनमै सुरक्षित रहेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडको तथ्याङ्कले पुष्टि गरेको कम्पनीले प्रस्ट गरेको छ। ‘कम्पनीले सुरुवातदेखि नै लकइन सम्बन्धी नियमको पूर्ण पालना गर्दै आएको छ। सिडिएससीको आधिकारिक विवरणबाट संस्थापक शेयरमा कुनै पनि कैफियत नरहेको प्रमाणित भइसकेको छ’ कम्पनी सचिव सुन्दरबहादुर सेनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कम्पनीका अनुसार लिलाम बढाबढ प्रक्रियामा लगानीकर्ताहरूले न्यूनतम १०० रुपैयाँ अंकित मूल्यभन्दा माथि आफूलाई उचित लागेको मूल्यमा बोलकबोल गरी शेयर खरिद गरेका हुन्। २०८२ कात्तिक १६ मा प्रकाशित सार्वजनिक सूचनामै ती शेयरहरू २०८३ जेठ ४ सम्म बिक्री गर्न नपाइने (लकइन) शर्त स्पष्ट रुपमा उल्लेख गरिएको कम्पनीले जनाएको छ। नियामकीय व्यवस्था बमोजिम नै सबै प्रक्रिया पूरा गर्दा पनि कम्पनी र पदाधिकारीको छबी धमिल्याउने गरी भ्रामक समाचार सम्प्रेषण भएकोमा सिटी होटलले गम्भीर आपत्ति जनाएको छ। यस्ता तथ्यहीन समाचार फैलाउने व्यक्ति वा संस्थाहरू विरुद्ध कम्पनीले कानूनी कारबाही अगाडि बढाउने चेतावनी समेत विज्ञप्तिमा उल्लेख छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit