Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

माउण्ट एभरेष्ट डिष्टिलरीले आईपीओ जारी गर्ने

माउण्ट एभरेष्ट डिष्टिलरीले आईपीओ जारी गर्ने
विज्ञापन
Advertisement

काठमाडौं । माउण्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीको हालै सम्पन्न प्रथम वार्षिक साधारण सभाले आफ्नो जारी पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

यस्तै, सभाले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउने निर्णयसँगै कम्पनीको पुँजी संरचनालाई थप सुदृढ बनाउँदै पुँजी बजारमा प्रवेश गर्ने मार्ग प्रशस्त गरेको जनाएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै कम्पनीको दीर्घकालीन विकासका लागि महत्वपूर्ण रणनीतिक योजनाहरू तय गरेको जारी विज्ञप्तिमा उल्लेख छ। यस्तै, कम्पनीले उत्पादन क्षमता विस्तार गर्ने र उद्योगमा आधुनिक अटोमेसन प्रणाली लागू गर्ने योजनालाई प्राथमिकतामा राखेको जनाएको छ। यसबाट उत्पादन दक्षता वृद्धि हुनुका साथै गुणस्तरमा समेत सुधार आउने कम्पनीको विश्वास छ।

नयाँ उत्पादनहरूको प्रवर्द्धन र बजार विस्तारमा लगानी बढाउने। साधारण सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्षले माउण्ट एभरेष्ट डिष्टिलरीलाई प्रतिस्पर्धी, दिगो र नवप्रवर्तनशील बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले गुणस्तर र आधुनिक प्रविधिको फ्युजनबाट कम्पनीले बजारमा छुट्टै पहिचान बनाउने धारणा राखे । आईपीओ निष्कासनका लागि अब कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा प्रक्रिया अगाडि बढाउने तयारी गरेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit