Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नर्भिकमा बालबालिकाका लागि एकीकृत विशिष्टिकृत उपचार सेवा विस्तार

नर्भिकमा बालबालिकाका लागि एकीकृत विशिष्टिकृत उपचार सेवा विस्तार
विज्ञापन
Advertisement

काठमाडौं । थापाथलिस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले बालरोग उपचार सेवालाई थप विस्तार र सुदृढ गर्दै पीआईसीयुसहितको पूर्ण बालरोग उपचार सेवा सञ्चालनमा ल्याएको छ ।

विज्ञापन
Advertisement
Advertisement

अस्पतालले नवजात शिशुदेखि किशोरावस्थासम्मका बालबालिकालाई सम्पूर्ण उपचार सेवा प्रदान गर्न बाल सघन उपचार कक्ष (पीआईसीयु)सहितको सेवा विस्तार गरेको हो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रले बालरोगको सम्पूर्ण उपचार सेवा एकै ठाउँबाट दिनेगरी नर्भिकले बाल सघन उपचार कक्ष सञ्चालनमा ल्याएको हो । विशेषज्ञ चिकित्सकसहितका जनशक्ति थप गरेर सेवा सञ्चालनमा ल्याइएको उनको भनाइ छ । ‘नर्भिकले दक्ष तथा विज्ञ चिकित्सकमार्फत आकस्मिक तथा ओपीडी, बाल सर्जरी सेवा, नवजात तथा बाल सघन उपचार कक्ष सहितको विशिष्टिकृत बाल उपचार सेवालाई विस्तार गरेको छ,’ सिईओ मिश्रले भने ।

बालबालिकासँग जोडिएका सबै प्रकारका उपचार सेवा नर्भिकबाटै उपलब्ध हुनेगरि बालरोग उपचार केन्द्रलाई विस्तार गरिएको सिईओ मिश्रले बताए । ‘हामीकहाँ नवजात शिशुहरुका लागि एनआईसीयु सहितको सेवा पहिलादेखि नै थियो । अब सबै उमेरका बालबालिकालाई सम्पूर्ण सेवा प्रदान गर्न अत्याधुनिक उपकरण र प्रविधि भएको पीआईसीयु सहितको सेवाहरु थप गरेका छौंं,’ सिईओ मिश्रले भने, ‘बालबालिकाको उपचारका लागि हामीसँग दक्ष र विज्ञ विशेषज्ञ र तालिमप्राप्त नर्सिङ जनशक्ति सहितको पूर्ण बालरोग सेवा उपलब्ध छ ।’

नर्भिक अस्पतालमा सामान्य बालरोग सेवादेखि विशेषज्ञ चिकित्सकमार्फत पेडियाट्रिक ग्यास्ट्रोएन्टेरोलोजी, पेडियाट्रिक ¥युम्याटोलोजी, पेडियाट्रिक पल्मनोलोजी, पेडियाट्रिक न्युरोलोजी, पेडियाट्रिक हेमाटोलोजी, क्रिटिकल केयर, पेडियाट्रिक अर्थोपेडिक तथा पेडियाट्रिक सर्जरी लगायतका विशिष्टिकृत सेवा सञ्चालनमा छ ।

यी सेवा प्रदान गर्न अस्पतालमा बालरोग विशेषज्ञ तथा बालरोग बहुविशेषज्ञ चिकित्सक सहितको १३ जना चिकित्सक रहेकोमा नवजात शिशु विशेषज्ञसहित ७ जना चिकित्सक पनि थप गरेको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit