Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

दीपक भट्ट र शुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

दीपक भट्ट र शुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति
विज्ञापन
Advertisement

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) को आरोपमा अनुसन्धानका लागि पक्राउ परेका व्यवसायीद्वय दीपक भट्ट र शुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धान नसकिएको भन्दै हिरासतको म्याद थप गर्ने निर्णय गरेको हो। अदालतले भट्टको हकमा पाँचौँ पटक र अग्रवालको हकमा छैटौँ पटक म्याद थप गरेको हो।

दुवै प्रतिवादीलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ।

अनुसन्धानका क्रममा केही प्रक्रियाहरू बाँकी रहेकाले सरकारी वकीलको कार्यालय र अनुसन्धान टोलीले थप समय माग गरेका थिए। अदालतले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ मा हालै भएको संशोधन र नयाँ अध्यादेशको प्रावधान अनुसार सुक्ष्म अध्ययन आवश्यक रहेको, तथा सरकारी वकीलको राय प्रतिवेदन तयार पार्ने र अभियोजनको काम बाँकी रहेकोले म्याद थप गरिएको उल्लेख छ ।

साथै, सीआईबी र विभागको संयुक्त अनुसन्धान टोलीले मुद्दाको गम्भीरतालाई ध्यानमा राख्दै थप प्रमाणहरू जुटाउनुपर्ने देखिएकोले उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान गरिने जनाइएको छ । विशेष अदालतको प्रशासन शाखाका अनुसार, सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा १७ को उपदफा (४) बमोजिम प्रक्रिया पुर्‍याएर अनुसन्धानका लागि यो म्याद थपको आदेश जारी गरिएको हो।

म्याद थपिएसँगै अब अनुसन्धान टोलीले १२ दिनभित्र थप प्रमाण संकलन गरी बयानको प्रक्रियालाई टुङ्ग्याउनुपर्नेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit