Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

स्कटल्याण्डविरुद्ध करण केसीले दिलाए नेपाललाई दोस्रो सफलता

स्कटल्याण्डविरुद्ध करण केसीले दिलाए नेपाललाई दोस्रो सफलता
विज्ञापन
Advertisement

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक प्रतियोगिताको तेस्रो खेलमा नेपाललाई स्कटल्याण्डविरुद्ध सफलता मिलेको छ ।

विज्ञापन
Advertisement
Advertisement

स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भर्खरै सुरु खेलमा नेपालले दोस्रो ओभरको पाँचौ बलमा पहिलो विकेट लिएको हो । करण केसीले ओपनर जर्ज मुन्सेलाई शून्य रनमा आउट गरे । यस्तै, केसीले नै छैटौँ ओभरको चौथो बलमा ब्रान्डन म्याकमुलेनलाई दिपेन्दै सिंह ऐरीबाट क्याच आउट गराए । छौटौँ ओभरको खेल सकिँदा स्कटल्याण्डले २५ रन बनाएर खेलिरहेको छ ।

टस हारेर पहिले बलिङ सुरु गरेको नेपालले जारी प्रतियोगिताको यसअघिको खेलमा स्कटल्याण्डविरुद्ध एक विकेटको जित निकालेको थियो । साथै नेपालले नेदरल्याण्ड्सलाई पाँच विकेटले हराएको थियो ।

प्रतियोगितामा नेपाल र स्कटल्याण्ड दुवैको यो तेस्रो खेल हो । स्कटल्याण्ड लगातार दोस्रो जितको लक्ष्यमा छ । स्कटल्याण्डले शुक्रबार नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।

विभिन्न आठ टोली सहभागी लिग–२ मा स्कटल्याण्ड १८ खेलमा २२ अङ्कका साथ चौथो स्थानमा छ भने नेपाल १४ खेलमा १० अङ्कका साथ अङ्क तालिकाको सातौं स्थानमा छ ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरीका साथै आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी र सोमपाल कामी छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit