Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

खेलकुदको विकासमा निजी तथा सरकारको सहभागिता सुनिश्चितता गर्ने

खेलकुदको विकासमा निजी तथा सरकारको सहभागिता सुनिश्चितता गर्ने
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले रङ्गशालालगायतका भौतिक पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चितता गर्न कानुनी व्यवस्था मिलाउने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कीर्तिपुस्थित त्रिभुनव विश्वविद्यालयको क्रिकेट मैदानलाई आधुनिकस्तरको क्रिकेट मैदानमा रुपान्तरण गर्ने बताए ।

राष्ट्रपति पौडेलले खेलकुद क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश, स्थानीय तह र खेल सङ्घकोे सहयोगमा स्पोर्टस स्कुलको कार्यक्रम सुरु गर्ने उल्लेख गरे । उनले अन्तरराष्ट्रिय पदक प्राप्त खेलाडी र उनीहरुका सन्ततिलाई अध्ययनका लागि छात्रावृत्तिको व्यवस्था गरिनेसमेत बताए ।

राष्ट्रपति पौडेलले राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरिने उल्लेख गर्दै विद्यालय तहदेखि नै खेलकुद तालिम, प्रशिक्षक र खेलाडी प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने बताए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit