images images images
images images images
images
images
images

यूएईविरुद्ध नेपालको १ रनको रोमाञ्चक जित

images

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले यूएईसँग एक रनको रोमाञ्चक जित हासिल गरेको छ । आइतबार भएको खेलमा यूएईसँग नेपालले एक रनले जित हासिल गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले यूएईलाई १४१ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय खेल खेले । उनले ५८ रन बनाए । ध्रुव पराशरले ३८ रन बनाए ।

images
images

नेपालको लागि भने ओपनर आसिफ शेखको अर्धशतक बनाए । उनले मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो । आसिफले ४७ बलमा ५१ रन, कुशल भुर्तेलले २८ रन, कप्तान रोहित पौडेले २० रन बनाए । यस्तै, गुल्शन झाले ५ बलमा १४ रन बनाए ।
यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले १–१ विकेट लिएका थिए ।

images
images

प्रतिक्रिया दिनुहोस्