काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ४२ सय रुपैयाँ वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो कारोबार दिन त्यति नै परिमाणको सुन १ लाख ९२ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको भाउ आज हालसम्मकै उच्च प्रतितोला २ हजार १६५ रुपैयाँ पुगेको हो । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्