Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

एकदिवसीय क्रिकेटमा दुई बलको नियममा संशोधन, कन्कसन सब्स्टिच्युटको नयाँ व्यवस्था

एकदिवसीय क्रिकेटमा दुई बलको नियममा संशोधन, कन्कसन सब्स्टिच्युटको नयाँ व्यवस्था
विज्ञापन
Advertisement

काठमाडौं ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले पुरुष अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोग हुने खेल नियमहरूमा महत्वपूर्ण परिवर्तनहरू लागू गर्ने निर्णय गरेको छ। पुरुष क्रिकेट समितिको सिफारिसमा आधारित यी नियमहरू प्रमुख कार्यकारी समितिबाट अनुमोदन भई क्रमशः टेस्ट क्रिकेटमा जुन १७, एकदिवसीयमा जुलाई २ र टी–२० मा जुलाई १० देखि लागू हुनेछन्।

विज्ञापन
Advertisement
Advertisement

एकदिवसीयमा दुई बल प्रयोगको नयाँ प्रावधान
हालसम्म एकदिवसीय खेलमा प्रत्येक इनिङ्समा दुईवटा नयाँ बल प्रयोग गरिँदै आएको छ, जसमा बलिङ टोलीले हरेक छेउबाट एक९एक बलले बलिङ गर्ने गर्थे। नयाँ नियमअनुसार अब एकदिवसीय खेलमा इनिङ्सको सुरुवातदेखि ३४ औं ओभरसम्म दुई नयाँ बल प्रयोग गर्न पाइनेछ। तर, ३५ औं ओभरदेखि ५० औं ओभरसम्म भने ती दुई बलमध्ये एक मात्र बल चयन गरी दुवै छेउबाट बलिङ गर्नुपर्नेछ।

आईसीसीका अनुसार यो परिवर्तनले ब्याट र बलबीचको सन्तुलन पुनः स्थापित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। यद्यपि, यदि पहिलो इनिङ्स सुरु हुनु अगावै खेल प्रतिसाइड २५ ओभर वा त्योभन्दा कममा घटाइयो भने, इनिङ्सभरि एक मात्र नयाँ बल प्रयोग गर्न मिल्नेछ।

कन्कसन सब्स्टिच्युटको स्पष्ट व्यवस्था
नयाँ नियमअनुसार अब टोलीहरूले खेल सुरु हुनुअघि नै म्याच रेफ्रीलाई सम्भावित कन्कसन सब्स्टिच्युट खेलाडीहरूको सूची बुझाउनु पर्नेछ। सूचीमा तल उल्लेखित भूमिकाका खेलाडीहरू समावेश गरिनुपर्नेछः

एक विकेटकिपर

एक ब्याटर

एक सिम बलर

एक स्पिन बलर

एक अलराउन्डर

यसले खेलका क्रममा कन्कसन सब्स्टिच्युट प्रयोग गर्दा भूमिकासम्बन्धी विवाद रोक्न सहयोग गर्ने विश्वास गरिएको छ। स्मरण रहोस्, यस वर्षको जनवरीमा भारतले इंग्ल्यान्डविरुद्धको टी–२० खेलमा ब्याटिङ अलराउन्डर शिवम दुबेको स्थानमा बलिङ अलराउन्डर हर्षित रानालाई मैदानमा उतार्दा विवाद उत्पन्न भएको थियो। त्यस घटनालाई ध्यानमा राख्दै नयाँ नियम ल्याइएको हो।

यदि प्रतिस्थापन गरिएको खेलाडीलाई पनि कन्कसन भएमा म्याच रेफ्रीले ुलाइक–फर–लाइकु (उस्तैको बदला उस्तै) सिद्धान्तअनुसार सूचीबाहेकको खेलाडीबाट छनोट गर्न सक्नेछन्।

क्याच नियममा पनि संशोधन
यसका साथै, मेरीलबोन क्रिकेट क्लब ९एमसीसी० ले क्याच सम्बन्धी नियममा परिवर्तन गर्दै बाउन्ड्री बाहिरबाट गरिने बनी हपु क्याचलाई अमान्य घोषणा गरेको छ। अब यस्तो अवस्थामा क्याच पूर्ण रूपमा वैध ठहरिने छैन।

आईसीसीले गरेको यी नियम संशोधनले खेललाई अझ स्पष्ट, निष्पक्ष र प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit