रसुवा ।माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाले आयोजना प्रभावित उत्तरगया गाउँपालिकालाई आधुनिक सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरेको छ। आयोजनाका प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका सिइओ बायोङ सु मिनले एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्याललाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरे।
उक्त एम्बुलेन्स स्वास्थ्य चौकीमार्फत सञ्चालन हुनेछ। कम्पनीले विपद्, दुर्घटना तथा गम्भीर रोगबाट प्रभावितहरुलाई छिटो सेवा पुर्याउने उद्देश्यले सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत एम्बुलेन्स प्रदान गरेको हो। यसअघि आमाछोदिङमो गाउँपालिकालाई पनि एम्बुलेन्स उपलब्ध गराइएको थियो।
एउटा एम्बुलेन्सको मूल्य २५ लाख रुपैयाँ रहेको छ, जसमा सरकारले राजश्व छुट दिएको छ। हालसम्म आयोजना प्रभावित क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, जीविकोपार्जन लगायतका क्षेत्रमा कम्पनीले १७ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ।
२१६ मेगावाट क्षमताको यो आयोजना देशमै प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो जलविद्युत आयोजना हो। हालसम्म ६३ प्रतिशत भौतिक प्रगति हासिल भइसकेको छ भने आयोजनाबाट वार्षिक १ अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुने अनुमान छ। आयोजना २०८३ मंसिरसम्ममा सम्पन्न हुने लक्ष्य राखिएको छ।







कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्