Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

नेपाल लाइफले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै

नेपाल लाइफले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको रजत जयन्ती प्रवेशको अवसरमा विशेष कार्यक्रमहरूको घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

स्थापनाको २५औँ वर्ष विशेषको अवसर पारेर कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर तथा बृहत रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जनाएको हो। कम्पनीले सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै यही वैशाख २१ र २२ गते दुई दिन बिहान ९ ः ३० बजेदेखि साँझ ६ः३० बजेसम्म स्वास्थ्य शिविस सञ्चालन गर्दैछ ।

यस्तै, २१ गते बिहान ९ः३० बजेदेखि दिउँसो २ बजेसम्म कमलादीकै हेरिटेज प्लाजाका रक्तदान कार्यक्रम आयोजन गरिने कम्पनीले जनाएको छ। आफ्नो २५औँ वार्षिकोत्सवलाई भव्य उत्सवका रूपमा मनाउन सातै प्रदेशमा २१ गते एकैसाथ रक्तदान कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। ‘यस कार्यक्रमको मुख्य उद्देश्य स्वास्थ्य सचेतना जगाउनु र अमूल्य मानव जीवन बचाउन योगदान पुर्‍याउनु हो,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नेपाल लाइफ इन्स्योरेन्सले उक्त शिविरमा सहभागी भई आफ्नो स्वास्थ्य परीक्षण गराउन र रक्तदान गरी जीवन दान गर्ने अभियानमा साथ दिन सबैलाई आग्रह गरेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit