images
images

सुस्तायो शेयर बजार,मौद्रिक नीति पर्खिदै लगानीकर्ता

images
images
images

 काठमाडाैं । साताको मंगलबार दिन नेप्से परिसूचक ३.९० अंकले घटेर २ हजार ६५४.७५ अंकले घटेको छ । पछिल्लो समय नेप्सेपरिसूचक सुस्ताएको छ । लगानीकर्ता यतिबेला मौद्रिक नीति ल्याउने तयारीमा जुटेको छ । मौद्रिक नीतिको तयारीमा रहेको अबस्थामा लगानीकर्ताहरु पर्ख र हेरको अबस्थामा आइपुगेका छन् ।

यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३०६ कम्पनीको १ करोड ६४ लाख कित्ता शेयर किनबेचहुँदा ७ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ । यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा सानिमा मई हाइड्रो पावर, बुटवल पार कम्पनी, न्यादी ग्रुप पावर, राधि विद्युत कम्पनीको ३८ करोड १८ लाख रुपैयाँदेखि ७४ करोड ९६ कारोबार भएको छ ।

images
images

पियोर इनर्जी लिमिटेड,बुटवल पावर कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, उपर हेवाखोला हाइड्रो कम्पनीको शेयर मूल्य ५.१६ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मले बढेको छ ।
घटेको बजारमा गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र ग्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओरेन्टियल होटलको २.८७ प्रतिशतदेखि ४.६२ प्रतिशतले घटेको छ ।
यो दिन कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये बैंकिङ समूह, विकास बैंक समूह, फाइनान्स, होटल एण्ड टुरिजमको सार्वधिक घटेको छ । त्यस्तै, यो दिन तीनवटा समूहको सूचक मात्र बढेका छन् । जलविद्युत, माइक्रो इन्स्योरेन्स र ट्रेडिङ समूहको सूचक सामान्यले बढेका हुन् ।

images
images

प्रतिक्रिया दिनुहोस्