Advertisement
Advertisement
Corporate Samachar
१ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

पहिलो त्रैमासमा श्रीनगर एग्रीटेकको नाफा र राजस्व दुवै बढे

पहिलो त्रैमासमा श्रीनगर एग्रीटेकको नाफा र राजस्व दुवै बढे
विज्ञापन
Advertisement

काठमाडौं । कृषि तथा पशुपन्छी क्षेत्रको उत्पादनमूलक कम्पनी श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ करोड ६ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ९२ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो। यससँगै कम्पनीको खुद नाफा १४.९२ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा कम्पनीको कुल राजस्व २७.५४ प्रतिशतले बढेर ५४ करोड १९ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ४९ लाख रुपैयाँ राजस्व आर्जन गरेको थियो। यस अवधिमा कम्पनीले ६ करोड ४० लाख रुपैयाँ कुल मुनाफा र २ करोड ४६ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ। कम्पनीको वित्तीय खर्च १ करोड ४० लाख रुपैयाँ रहेको छ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ६३ करोड १२ लाख रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा १४ करोड ४२ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६१ पैसा, प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ५ पैसा र तरलता अनुपात २.५४ रहेको उल्लेख छ। कम्पनीले उत्पादन क्षमता वृद्धि, लागत नियन्त्रण, बजार विस्तार र नयाँ उत्पादन बजारमा ल्याउने रणनीतिलाई प्राथमिकता दिएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit