Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

दोस्रो बजारका लगानीकर्तालाई केबीएलको मार्जिन सुविधा, ७.५ प्रतिशत ब्याजमा ५ करोडसम्म रकम दिने

दोस्रो बजारका लगानीकर्तालाई केबीएलको मार्जिन सुविधा, ७.५ प्रतिशत ब्याजमा ५ करोडसम्म रकम दिने
विज्ञापन
Advertisement

काठमाडौं। केबीएल सेक्युरिटिज लिमिटेडले दोस्रो बजारका लगानीकर्तालाई लक्षित गर्दै ५ करोड रुपैयाँसम्मको मार्जिन कारोबार सुविधा उपलब्ध गराउने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले लगानीकर्ताको शेयर खरिद क्षमता बढाउने उद्देश्यले यस्तो सुविधा ल्याएको जनाएको छ। केबीएल सेक्युरिटिज नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी हो । यसले नेपाल स्टक एक्सचेन्जमा ब्रोकर नम्बर ९४ का रूपमा कारोबार गर्दै आएको छ। कम्पनीका अनुसार मार्जिन कारोबार सुविधाअन्तर्गत लगानीकर्ताले वार्षिक ७.५ प्रतिशत ब्याजदरमा रकम उपयोग गर्न सक्नेछन्। स्वीकृत भएको सम्पूर्ण सीमामा नभई वास्तवमा उपयोग गरिएको रकममा मात्रै ब्याज गणना हुने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

यसअनुसार लगानीकर्ताले स्वीकृत सीमामध्ये आफूलाई आवश्यक परेको रकम मात्र प्रयोग गर्न सक्नेछन्। प्रयोग नगरिएको रकममा अग्रिम ब्याज तिर्नुपर्ने छैन। कम्पनीले उपलब्ध गराएको विवरणअनुसार मार्जिन कारोबार सुविधा ८ देखि ९४ दिनसम्मका लागि लिन सकिनेछ। एक लगानीकर्ताले अधिकतम ५ करोड रुपैयाँसम्मको सुविधा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

नेपाल धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ जारी गर्दै ब्रोकरमार्फत ऋण लिएर शेयर खरिद गर्ने व्यवस्थालाई थप व्यवस्थित गरेको छ। निर्देशिकाअनुसार यस्तो सुविधा उपलब्ध गराउने ब्रोकरको न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ हुनुपर्ने तथा लगानीकर्ताले शेयर खरिद गर्दा कम्तीमा ३० प्रतिशत प्रारम्भिक मार्जिन राख्नुपर्ने व्यवस्था छ।

नयाँ व्यवस्थाले मार्जिन कारोबारलाई औपचारिक र नियमनको दायरामा ल्याएसँगै विभिन्न ब्रोकर कम्पनीले यस्तो सेवा सुरु गर्न थालेका छन्। यसअघि नासा सेक्युरिटिजले पनि मार्जिन ट्रेडिङ सेवा सुरु गरी २ करोड रुपैयाँसम्मको सुविधा उपलब्ध गराउने घोषणा गरेको थियो। केबीएल सेक्युरिटिजका अनुसार मार्जिन सुविधाले सीमित पुँजी भएका लगानीकर्तालाई थप वित्तीय क्षमता उपयोग गरी दोस्रो बजारमा लगानी गर्ने अवसर प्रदान गर्नेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit