Advertisement
Advertisement
Corporate Samachar
१५ असार २०८३, सोमबार
Advertisement

हुम्लादेखि बिरामी बोकेर काठमाडौं उडेको प्रभुको हेलिकप्टर दैलेखमा आकस्मिक अवतरण

हुम्लादेखि बिरामी बोकेर काठमाडौं उडेको प्रभुको हेलिकप्टर दैलेखमा आकस्मिक अवतरण
विज्ञापन
Advertisement

सुर्खेत । हुम्लाबाट बिरामी बोकेर काठमाडौका लागि उडेको प्रभु हेलिकप्टर दैलेखको तल्लो डुंगेश्वरमा अवतरण गरेको छ । एनजि–एएनएल कल साइनको हेलिकप्टर खराब मौसमका कारण दैलेखको गुराँस गाउँपालिका–२ तल्लो डुंगेश्वरमा अवतरण गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।

विज्ञापन
Advertisement
Advertisement

हुम्लाको हिल्साबाट बिरामी लिएर काठमाडौंका लागि उडेको हेलिकप्टर बाक्लो कुहिरोका कारण अगाडिको बाटो देख्न नसकेपछि आकस्मिक अवतरण गरिएको प्रभु हेलिकप्टरका प्रवक्ता नोवेलकुमार राजलवटले बताए ।

दिउँसो २ः३० दैलेखको तल्लो डुंगेश्वरमा अवतरण गरेको हेलिकप्टरमा टाउकोमा चोट लागेको बिरामी र चालक दलका दुई जनासहित पाँच जना यात्रु थिए । मौसम  खुलेपछि हेलिकप्टर साँझ ५ बजे सुर्खेत विमानस्थलमा अवतरण गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit