Advertisement
Advertisement
Corporate Samachar
१६ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘हिमालयन क्लाइमेट चार्टर २०२५’ को घोषणा, मानविय कर्मलाई पृथ्वीमैत्री बनाउन सुझाव

‘हिमालयन क्लाइमेट चार्टर २०२५’ को घोषणा, मानविय कर्मलाई पृथ्वीमैत्री बनाउन सुझाव
विज्ञापन
Advertisement

काठमाडौं । पृथ्वीको स्वास्थ्यमा ध्यान दिन मानवीय कर्महरूलाई पृथ्वीमैत्री बनाउने उद्देश्यका साथमा ‘हिमालयन क्लाइमेट चार्टर २०२५’ कार्यक्रम घोषणा गरिएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमका बिच बिवाइयान बल्याक याक ग्रुपको सहयोगमा नेपाल पर्वतारोहण संघ, सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामू गाउँपालिका र सगरमाथा प्रदूषण नियन्त्रण समितिको सयुंक्त आयोजनामा उक्त कार्यक्रम घोषणा गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

आर्कटिक र अन्टार्कटि पछिको विशाल हिमनदी भण्डारणका कारण ‘विश्वको छाना’ र ‘तेस्रो ध्रुव’ भनेर चिनिने हिमालय क्षेत्र विश्वव्यापी तापक्रम वृद्धिको खतरामा भएकाले त्यसैको प्रभाव स्वरुप हिमालय क्षेत्रमा हिमपात घटेको र कृषि भुमिमा बाढी जोखिम बढ्दो मात्रामा छ ।

साथै, पर्वतारोहीहरूले छोडेको फोहोरले वरपरका पारिस्थितिक प्रणालीहरूलाई खतरामा पारिरहेकोले त्यसले वातावरणीय संरक्षणको लागि बढ्दो आह्वानलाई उत्प्रेरित गरिरहेका कारण यस कार्यक्रमको आवश्यकता रहेको बताइएको छ ।

कार्यक्रममा सहभागीहरुले हिमालयमा बढ्दो जलवायु संकटको बारेमा चिन्ता व्यक्त गर्दै हिमालय जलवायु बडापत्र २०२५ को संयुक्त घोषणापत्रमा हस्ताक्षर गरेका छन् । जसले जलवायु न्यायलाई अगाडि बढाउन मुख्य सिद्धान्तहरू र कार्यहरूको रूपरेखा प्रस्तुत गर्दछ ।

सम्मेलनमा सहभागी बल्याक याकका सीईओ काङ ताई सुनले भने,‘जसरी हिमालयबाट आएको शान्त चेतावनीको सन्देशले हामीलाई उच्चतम बिन्दुबाट सुरु हुने परिवर्तन चाँडै नै सबैभन्दा तल्लो स्तरमा पुग्नेछ भनेर बताउँछ, त्यसरी नै यहाँको जलवायु संकट अब सम्पूर्ण मानवताको लागि साझा मुद्दा हो । यो घोषणा केवल वाचाहरूको दस्तावेज मात्र होइन तर जलवायु न्यायको लागि कार्य गर्न एकीकृत आह्वान हो । हामी आशा गर्छौं कि यो सन्देश विश्वव्यापी रूपमा फैलिनेछ र अर्थपूर्ण परिवर्तनतर्फ डोरÞ्याउनेछ ।’

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, खुम्बु पासाङल्हामू गाउँपालिकाका अध्यक्ष मिङमा शेर्पा, नेपाल पर्वतारोहण संघ, , अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ)का प्रतिनिधिहरु, प्राध्यापक, अनुसन्धानकर्ता एव सरोकारवालाहरुको उपस्थिति थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit