Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

दुई विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा तीन हजार रुपैयाँ सम्म भाडा छुट गर्ने सरकारको निर्णय

दुई विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा तीन हजार रुपैयाँ सम्म भाडा छुट गर्ने सरकारको निर्णय
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानलाई आकर्षित गर्न हवाइ भाडामा लाग्दै आएको विभिन्न शुल्कमा छुट दिने निर्णय गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार २०८३ साल भदौ मसान्तसम्मका लागि विभिन्न ४ प्रकारका शुल्कमा छुट तथा सहुलियत प्रदान गरिएको जनाएको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा विभिन्न ४ शिर्षकमा छुट दिने निर्णय भएको उल्लेख छ ।

अन्तर्राष्ट्रिय उडानका हवाइ टिकटमा लाग्ने प्रति यात्रु ३,००० रुपैयाँको यात्रु सेवा शुल्क पूर्ण छुट हुने भएको छ । हवाइ टिकटमा लाग्ने प्रति यात्रु १,००० रुपैयाँ बराबरको पर्यटन शुल्क पनि पूर्ण रूपमा छुट हुने भएको छ । यी विमानस्थलहरूमा अन्तर्राष्ट्रिय उडान भर्ने जहाजहरूका लागि लाग्ने पार्किङ, ल्यान्डिङ र न्याभिगेसन (सञ्चार तथा उड्डयन सहायता) शुल्क पनि पूर्ण रूपमा छुट गरिएको छ । विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पर्ने ग्राउन्ड ह्यान्डलिङ सेवाको शुल्कमा ७५ प्रतिशत छुट प्रदान भएको छ ।

मन्त्रालयका सह प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायका अनुसार सरकारको यो निर्णयले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूका लागि यी दुई विमानस्थलमा उडान सञ्चालन गर्न लाग्ने खर्च उल्लेख्य रूपमा घट्नेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit