काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन(नाइमा) ले आयोजना गरेको पहिलो अटोमाबाइल प्रर्दशनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ भृकुटीमण्डपमा जारी छ । अटो शो सोमबार(भोलि)सम्म चल्ने छ ।
गत बुधबारदेखि सुरु भएको एक्स्पो आइतबार नै समापन हुने पूर्वनिर्धारित तालिका भएपनि दर्शकको उत्साहजनक उपस्थितिका कारण एक दिन समय थप गर्ने निर्णय आयोजकले गरेको हो।
एक्सपोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता छ । एक्स्पोमा ३५ नयाँ मोडल (१५ दुईपांग्रे, १५ चारपांग्रे, ५ कमर्सियल) सार्वजनिक भएका छन् ।
एक्सपोमा विभिन्न ब्रान्डका विद्युतीय, इन्धनचालित र हाइब्रिड सवारीका मोडलहरु प्रदर्शनीमा राखिएको छ । ७० देखि ८० हजार अवलोकनकर्ताले एक्स्पोको भ्रमण गर्ने अनुमान आयोजकको छ ।

















प्रतिक्रिया दिनुहोस्