Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

तोलामा दुई सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ आज कारोबार?

तोलामा दुई सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ आज कारोबार?
विज्ञापन
Advertisement

काठमाडौं। साताको पहिलो दिन स्थानीय बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भैरहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यसअघि अघिल्लो कारोबार दिन (शुक्रबार) सुनको मूल्य हालसम्मकै उच्च तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको थियो । शुक्रबारको तुलनामा आज सुन दुई सय रुपैयाँले घटेको हो ।

यस्तै, आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ वृद्धि भएको छ । शुक्रबार तोलामा २ हजार ३२५ रुपैयाँमा किनबेच भएको चाँदी आज मूल्य बढेर तोलामा २ हजार ३३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit