Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

रसुवा बाढी अपडेट : १३ औँ दिनमा मानवीय क्षति १ हजार ३५५ पुग्यो, ३९ होल्डिङ सेन्टरमा ३ हजार ५३३ जना आश्रित

रसुवा बाढी अपडेट : १३ औँ दिनमा मानवीय क्षति १ हजार ३५५ पुग्यो, ३९ होल्डिङ सेन्टरमा ३ हजार ५३३ जना आश्रित
विज्ञापन
Advertisement

काठमाडौं । यही भदौ १० गते आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ११ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेट सार्वजनिक गर्दै मानवीय क्षतिको संख्या १ हजार ३५५ पुगेको जनाएको हो।

विज्ञापन
Advertisement
Advertisement

प्राधिकरणका अनुसार विभिन्न जिल्लामा गरी १ हजार ३५५ शव फेला परेका छन्। सबैभन्दा धेरै शव चितवनमा ३६३ फेला परेका छन्। नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२१, नुवाकोटमा १९७, रसुवामा १६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ शव फेला परेका छन्। नवलपरासी पूर्व र पश्चिममा फेला परेका शवको विवरणमा विभिन्न मानव अङ्गसमेत समावेश छन्।

हालसम्म फेला परेका शवमध्ये ९८ जनाको सनाखत भई आफन्तले बुझिलिएका छन्। बाढी तथा त्यसपछिको विपद्मा घाइते भएका ६ हजार ६७२ जनाको हालसम्म उपचार गरिएको प्राधिकरणले जनाएको छ। तीमध्ये विभिन्न अस्पतालमा ३२३ जनाको उपचार भएकोमा २२८ जना डिस्चार्ज भएका छन्। नेपाली सेनाबाट ३ हजार ३७९ जना र सशस्त्र प्रहरी बलबाट २ हजार ९७० जनाको उपचार गरिएको छ।

३९ होल्डिङ सेन्टरमा ३,५३३ जना, करिब  पाँच हजार सम्पर्कविहीन

बाढी प्रभावित क्षेत्रबाट विस्थापित तथा उद्धार गरिएकामध्ये ३९ वटा होल्डिङ सेन्टरमा कुल ३ हजार ५३३ जना रहेका छन्। तीमध्ये रसुवामा ६६९, नुवाकोटमा २ हजार ६५१ र धादिङमा २१३ जना रहेका छन्। प्राधिकरणका अनुसार हालसम्म करिब ४ हजार ९९६ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ। यसमा रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हालसम्म अध्यावधिक भएका करिब १ हजार ९६७ जना नेपाली नागरिक र नुवाकोट जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हालसम्म अध्यावधिक भएका करिब २ हजार ३४० जना नेपाली नागरिक छन्। त्यस्तै, करिब १०० जना सुरक्षाकर्मी तथा कर्मचारी र करिब ५८९ जना विदेशी नागरिक पनि सम्पर्कविहीनको सूचीमा छन्। तर, प्राधिकरणले उक्त संख्यामा पहिचान नभएका शव तथा उद्धार गरिएका व्यक्तिहरू पनि समावेश भएको हुनसक्ने जनाएको छ। तथ्यांक रुजु गर्ने कार्य भइरहेको पन िप्राधिकरणले जनाएको छ।

१३ हजार ३९६ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ। उद्धार तथा राहत कार्यमा सुरक्षा निकायका २९ हजार ४०२ जना परिचालन भएका छन्। यसमध्ये नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार २८७ र सशस्त्र प्रहरी बल, नेपालका ४ हजार २०३ जना रहेका छन्। उद्धार तथा राहतका लागि नेपाली सेनाले हालसम्म १ हजार १५७ पटक हवाइ उडान गरेको छ। प्राधिकरणका अनुसार आज मात्रै नेपाली सेनाले ३९ वटा हवाइ उडान गरेको छ। त्यस्तै, काठमाडौंबाट निजी क्षेत्रमार्फत हालसम्म १२९ पटक उडान भएका छन् भने सशस्त्र प्रहरी बल, नेपालले प्रभावित क्षेत्रमा १९३ पटक उडान गरेको छ।

रसुवामा खाद्यान्नसहित राहत सामग्री ढुवानी

भदौ २१ गते रसुवामा एक हेलिकप्टरमार्फत खाद्यान्न तथा चार ट्रकमार्फत जेनेरेटर, हाइजिन किट र स्टुडेन्ट किट ढुवानी गरिएको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा मनोसामाजिक सहयोगका लागि स्वास्थ्य मन्त्रालयमार्फत १५० जना जनशक्ति परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा हाल डिजेल ५८ हजार लिटर, पेट्रोल २५ हजार लिटर र हवाइ इन्धन १३ हजार लिटर मौज्दात रहेको छ। त्यस्तै, ४५७ वटा ग्यास सिलिन्डर अनुदानमा प्रभावित क्षेत्रमा पठाइएको जनाइएको छ।

बाढी प्रभावित जिल्लामा विद्युत् आपूर्ति क्रमशः पुनः सञ्चालनमा आएको छ। प्राधिकरणका अनुसार रसुवामा ७८ प्रतिशत घरधुरीमा विद्युत् सेवा सुचारु भएको छ। नुवाकोटमा ९६.७ प्रतिशत र धादिङमा ९९.८ प्रतिशत घरधुरीमा विद्युत् आपूर्ति सुचारु भएको छ। टेलिकमका पनि अधिकांश टावर सञ्चालनमा आइसकेका छन् । सञ्चार सेवातर्फ नेपाल टेलिकमका १२० वटा टावरमध्ये ११७ वटा सञ्चालनमा आएका छन्। एनसेलका ७८ वटा टावरमध्ये ७६ वटा सञ्चालनमा आएका छन्।

प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार बाढीबाट भएको मानवीय क्षतिको वास्तविक अवस्था यकिन गर्न खोज, उद्धार, पहिचान तथा तथ्यांक रुजु गर्ने कार्य अझै जारी रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit