Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

मञ्जुश्री फाइनान्स मर्जरमा जाने , शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने

मञ्जुश्री फाइनान्स मर्जरमा जाने , शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने
विज्ञापन
Advertisement

काठमाडौं । मञ्जुश्री फाइनान्स मर्जरमा जाने भएको छ । कम्पनीको सञ्चालक समितिले उपयुक्त बैंक तथा वित्तीय संस्थामा मर्जर तथा एक्विजिशनमा जाने निर्णय गरी पारित गर्ने प्रयोजनार्थ वार्षिक साधारण सभा बोलाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनी सञ्चाल समितिको असोज ९ गते बसेको बैठकले असोज ३१ गते काठमाडौंमा बिहान ११ बजे १८औँ वार्षिक साधारण सभा गर्ने तय गरेको हो ।

उक्त सभाले कुनै उपयुक्त बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने वा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा कम्पनीको चलरअचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कन हेतु व्यत्ती नियुक्त गर्ने जनाएको छ । तोकिएको मूल्यांकनकर्ताले पारिश्रमिक तोक्न, प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र आवश्यक सबै प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ।

यसैगरी सभाले गत आर्थिक वर्ष २०८१र८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँको करसहित १५ प्रतिशतका दरले २० करोड २७ लाख ३२ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २२ गते बुकक्लोज गर्ने निर्णय पनि गरिसकेको छ। त्यसैले असोज २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम शेयरधनीहरूले लाभांश पाउने कम्पनीले जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit