Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

बल्खु र वंशीघाटका ६८६ संरचनामा डोजर, बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा

बल्खु र वंशीघाटका ६८६ संरचनामा डोजर, बुद्ध जयन्तीकै दिन भत्काइयो गुम्बा
विज्ञापन
Advertisement

काठमाडौं। सरकारले बागमती र त्यसका सहायक नदी किनारमा रहेका सुकुम्बासी बस्तीहरु हटाउने कार्यलाई आज पनि निरन्तरता दिएको छ । नदी किनारामा जोखिमपूर्ण बस्तीहरू हटाउने अभियान अन्तर्गत आजदेखि बल्खु र वंशीघाट क्षेत्रमा रहेका संरचना भत्काउन सुरु गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

जिल्ला प्रशासन कार्यालय काठमाडौंको नेतृत्वमा र सम्बन्धित निकायहरूको समन्वयमा कारबाही अघि बढाइएको सरकारका प्रवक्ता सस्मित पोखरेलको निजी सचिवालयले जनाएको छ । सरकारले बुद्ध जयन्तीकै दिन काठमाडौंको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बामा डोजर लगाएर भत्काएको छ । २०७८ साल कात्तिकमा दर्ता भएको सो गुम्बा आज (वैशाख शुक्ल पूर्णिमा) को दिन भत्काइएको हो। सोही क्षेत्रमा रहेका अन्य अनधिकृत संरचनामा पनि हाल डोजर चलिरहेको छ ।

आजको कार्यतालिका अनुसार कुल ६८६ वटा अनधिकृत संरचनाहरू हटाउने बताइएको छ । जसमा बल्खु क्षेत्रमा रहेका ४८६ वटा घर, टहरा र टेकु वंशीघाट क्षेत्रमा रहेका २०० वटा संरचना भत्काइने छ। बर्खायाम नजिकिँदै गर्दा नदीमा आउने बाढी र डुबानबाट हुन सक्ने सम्भावित मानवीय तथा भौतिक क्षतिलाई न्यूनीकरण गर्न सरकारले यो कदमलाई उच्च प्राथमिकतामा राखेको तीव्र रुपमा अघि बढाएको जनाएको छ। बल्खु र वंशीघाटपछि सरकारले आफ्नो ध्यान माथिल्लो तटीय क्षेत्रतर्फ अर्थात् शङ्खमूलतिर केन्द्रित गर्ने स्पष्ट पारेको छ ।अबको चरणमा शङ्खमूल लगायतका क्षेत्रमा रहेका जोखिमपूर्ण संरचनाहरू हटाइने छ ।

सुकुम्बासी व्यवस्थापनमा सरकारको स्पष्टोक्ति
बाँकी क्षेत्रमा रहेका सुकुम्बासीहरूको हकमा भने सरकारले वास्तविक सुकुम्बासीको पहिचान र उनीहरूको सुरक्षित व्यवस्थापनको ठोस खाका तयार भएपछि मात्र जग्गा खाली गर्ने प्रक्रिया अगाडि बढाउने पोखरेलको सचिवालयले जनाएको छ ।

यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूलाई वास्तविक सुकुम्बासीको सुरक्षित आवास, स्वास्थ्य र पोषणको उचित प्रबन्ध मिलाउन निर्देशन दिइसकेको छ । गृह मन्त्रालयले देशभरका सार्वजनिक जग्गा एकैसाथ खाली गर्ने भनेपछि देशैभर त्रास सिर्जित भएको थियो । उक्त विषलाई सम्बोधन गर्दै मन्त्रालयले विना तयारी र विना सूचना कुनै पनि कार्य नहुनेमा सर्वसाधारणलाई आश्वस्त हुन भनेको छ । स्थानीय तहको माग र ठोस योजनाको आधारमा मात्र सुरक्षा प्रबन्ध मिलाई यस्ता कार्यहरू अघि बढाउने बताइएको छ।

यद्यपी काठमाडौंको हकमा भने सरकारले शुक्रबार पनि बालाजु लगायतका स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर–टहरा भत्काउने क्रमलाई बिहानैदेखि जारी राखेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit