Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

वर्षाले चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा

वर्षाले चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
विज्ञापन
Advertisement

कलैया । बारामा यही असोज १७ गते रातिदेखि १९ गते बिहानसम्म परेको अविरल वर्षाका कारण चार हजार हेक्टर क्षेत्रफलमा लगाइएको बाली डुबानमा परेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कृषकले खेती गरेको धान, उखु र तरकारी डुबानमा परेको कृषि ज्ञानकेन्द्र बाराका प्रमुख राजनारायण साहले जानकारी दिए । जिल्लाका १६ वटै स्थानीय तहमा किसानले लगाएको भदैया धान (एक हजार ६१५ हेक्टर), अगहनी (एक हजार ३५७), उखुबाली (४३७ हेक्टर) तथा तरकारी (४८८ हेक्टर) डुबानमा परेको उनले बताए ।

चालु आर्थिक वर्ष २०८२/८३ मा कृषकले भदैया अगहनी गरी कूल ४६ हजार २० हेक्टर क्षेत्रफलमा खेती गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । डुबानका कारण यस वर्ष उत्पादनमा कमी आउनसक्ने बताइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit