काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ , गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो २० रूपैयाँ , गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३७ रूपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ३८, आलु रातो (गोलो) प्रतिकिलो ३२ रूपैयाँ, आलु रातो (मुढे) प्रतिकिलो ३५ रूपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ४३ रूपैयाँ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो १०० रूपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ६० रूपैयाँ , काउली स्थानीय प्रतिकिलो ७०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २०, भन्टा लाम्चो प्रतिकिलो ४० र भन्टा डल्लो प्रतिकिलो ५० कायम भएको छ ।
समितिका अनुसार बोडी (तने) प्रतिकिलो ३० रूपैयाँ , मकै बोडी प्रतिकिलो ५० रूपैयाँ, मटरकोसा प्रतिकिलो २०० रूपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, टाटे सिमी प्रतिकिलो ७०, भटमास कोसा प्रतिकिलो १२०, तीते करेला प्रतिकिलो ४०, लौका प्रतिकिलो ६०, परवर (लोकल) प्रतिकिलो ५०, परवर (तराई) प्रतिकिलो ५०, चिचिण्डो प्रतिकिलो ५०, घिरौँला प्रतिकिलो ६०, झिगुनी प्रतिकिलो ६०, फर्सी पाकेको प्रतिकिलो ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४०, भिन्डी प्रतिकिलो ३५, सखरखण्ड प्रतिकिलो ७० र पिँडालु प्रतिकिलो ९० रूपैयाँ, स्कुस प्रतिकिलो ६० रूपैयाँ कायम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्