Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बर्खे धानको सिजनमा समेत मल नलग्ने २६ पालिकाको कोटा रद्द गरी डिपोबाटै बेचिदिने मन्त्रालयको चेतावनी

बर्खे धानको सिजनमा समेत मल नलग्ने २६ पालिकाको कोटा रद्द गरी डिपोबाटै बेचिदिने मन्त्रालयको चेतावनी
विज्ञापन
Advertisement

काठमाडौं ।बर्खे धान रोपाइँको मुख्य सिजन सुरु भइसक्दा पनि सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका २६ स्थानीय तहले कोटामा पाएको रासायनिक मल अझैसम्म नउठाएको पाइएको छ।

विज्ञापन
Advertisement
Advertisement

कृषि, वन तथा पर्यावरण मन्त्रालयले पटक–पटक जानकारी गराउँदा र ताकेता गर्दा समेत ती पालिकाहरूले मल ढुवानी गर्न चासो नदेखाएको उल्लेख गर्दै तुरुन्तै मल नलगे कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका डिपोहरू मार्फत किसानलाई सिधै मल बिक्री खुल्ला गरिने कडा चेतावनी दिएको छ।

कृषि सामग्री र साल्ट ट्रेडिङको पछिल्लो तथ्यांक अनुसार पहाडी तथा हिमाली जिल्लाहरू डडेलधुरा, बैतडी, दार्चुला, बाजुरा, बझाङ र डोटीका स्थानीय तहहरूले तोकिएको परिमाणको मल उठाएका छैनन्। यस्तै, सुगम मानिने तराईका जिल्लाहरूमा समेत ठूलो परिमाणमा मल उठ्न बाँकी छ ।

मन्त्रालयका अनुसार कैलालीको गोदावरी नगरपालिकाले २१ हजार २३० किलो, धनगढी उपमहानगरपालिकाले २१ हजार ५०० किलो, जानकी गाउँपालिकाले १० हजार २५० किलो र गौरीगंगा नगरपालिकाले ६ हजार ६९० किलो मल उठाएका छैनन्। कञ्चनपुरको भीमदत्त नगरपालिकाले १ लाख ६ हजार ८०० किलो र वेदकोट नगरपालिकाले १ लाख ६ हजार ४ सय किलो मल लगेका छैनन् ।

यसैगरी, अछाम जिल्लाका ५ स्थानीय तहमध्ये साँफेबगर नगरपालिका, बन्नीगढ जयगढ गाउँपालिका र कमलबजार नगरपालिकाले मल लगेका छैनन्।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत वितरण हुने मलमध्ये कैलालीमा ३४ प्रतिशत र कञ्चनपुरमा ५४ प्रतिशत हिस्सा छ। बाँकी १२ प्रतिशत मल अन्य जिल्लाका स्थानीय तहमा वितरण गरिने व्यवस्था रहे पनि ती जिल्लाबाट अपेक्षित रूपमा मल उठाउन सकेको छैन । सुदूरपश्चिम प्रदेशमा ४३ पालिकाले रासायनिक मल बिक्रि गर्दै आएका छन् । यसमध्ये १७ पालिकाले लगेपनि २६ पालिकाले मल नलगेको मन्त्रालयले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit