Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

फोटोनद्वारा टुनल्याण्ड पिकअप ग्राहकका लागि ‘जिरो कस्ट अफर’ घोषणा

फोटोनद्वारा टुनल्याण्ड पिकअप ग्राहकका लागि ‘जिरो कस्ट अफर’ घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । फोटोनले आफ्नो लोकप्रिय पिकअप मोडेल फोटोन टुनल्याण्डका ग्राहकहरूका लागि रोमाञ्चक ‘जिरो कस्ट अफर’ घोषणा गरेको छ। छोटो समयका लागि ल्याएको उक्त अफर अन्तर्गत ग्राहकहरूले ३ वर्ष वा १२ पटकसम्मको निशुल्क प्रिभेन्टिभ मेनटेनेन्स सर्भिसको सुविधा पाउनेछन्। यस अफरले टुनल्यान्ड खरिद गर्नेलाई सर्भिस खर्चको चिन्ता मुक्त हुनेछन् ।

विज्ञापन
Advertisement
Advertisement

यो अफर नेपालभरका पिकअप प्रमिहरुका लागि स्मार्ट र किफायती विकल्प बन्ने कम्पनीको भनाइ छ । यो अफर ३१ अक्टोबर २०२५ सम्म रहनेछ। निःशुल्क मर्मत सेवामा एयर फिल्टर, डिजेल फिल्टर, एसी फिल्टर, इन्जिन ओइल, गियर ओइलर क्राउन ओइल जस्ता महत्वपूर्ण कम्पोनेन्ट समावेश छन्। यी कम्पोनेन्टहरूले गाडीलाई उच्च स्तरमा पर्फर्मेन्स दिन र कार्यक्षमता बढाउन मद्दत गर्छन्।

फोटोनले यी पार्ट्सहरूको निःशुल्क मर्मत सेवा उपलब्ध गराएर ग्राहकलाई झन्झटमुक्त ड्राइभ अनुभव दिलाउने र गाडीको भरपर्दो पर्फर्मेन्सलाई निरन्तरता दिने उद्देश्य राखेको उल्लेख छ। तर, ध्यान दिनु पर्ने कुरा उल्लेख गरिएका पार्ट्सहरूमा मात्र अफर सीमित रहनेछ। टुनल्याण्ड मोडेल लगातार नेपालका सबैभन्दा धेरै बिक्री हुने पिकअपमध्ये एक रहँदै आएको छ। यो लिमिटेड टाइम अफर ग्राहकहरूले नजिकको फोटोन शोरूम वा अधिकृत डिलरमार्फत सेवा लिन पाउनेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit