Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

‘राजदूत फिर्ता’को निर्णय कार्यान्वयन नगर्न कार्की सरकारलाई सर्वोच्च अदालतको आदेश

‘राजदूत फिर्ता’को निर्णय कार्यान्वयन नगर्न कार्की सरकारलाई सर्वोच्च अदालतको आदेश
विज्ञापन
Advertisement

काठमाडौं । सर्वोच्च अदालतले विभिन्न ११ देशबाट राजदूत फिर्ताविरुद्धको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

न्यायाधीशहरु शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले यस्तो आदेश जारी गरेको हो । यसअघि सरकारको राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सुनील भट्टराईले रिट दायर गरेका थिए ।

सर्वोच्चले जारी गरेको आदेशमा भनेको छ ‘ विभिन्न मित्र राष्ट्रहरुमा कार्यरत ११ जना राजदूतहरुलाई फिर्ता बोलाउने गरी मिति २०८२–०६–३० मा मन्त्रिपरिषद्बाट भएको निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्नू ।!

शुशीला कार्की नेतृत्वको सरकारले दुई साताअघि चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतहरूलाई कात्तिक २० गते भित्र फिर्ता बोलाएको थियो ।

राजदूत फिर्ता गर्ने सरकारको उक्त निर्णय कानूनसम्मत नभएको दाबीसहित सर्वोच्च अदालतमा निवेदन दर्ता भएको थियो । यो मुद्दाको प्रारम्भिक सुनुवाइपछि नै सर्वोच्चले राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit