Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

रातिसम्म केन्द्रीय सदस्यको निर्वाचन सक्ने रास्वपाको तयारी, त्यसपछि पदाधिकारीको चुनाव

रातिसम्म केन्द्रीय सदस्यको निर्वाचन सक्ने रास्वपाको तयारी, त्यसपछि पदाधिकारीको चुनाव
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको उम्मेदवारको ‘स्क्रिनिङ’ अझै जारी छ। चितवनको भरतपुरमा भइरहेको सो महाधिवशेनमा ९९ केन्द्रीय सदस्यका लागि ३७० भन्दा बढीको उम्मेदवारी परेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

विज्ञापन
Advertisement
Advertisement

‘केन्द्रीय सदस्यको उम्मेदवारको सूची टुङ्गो लगाएर अहिले दाबीविरोधको कार्यक्रम जारी छ’, उनले भने, ‘दाबी विरोध र उम्मेदवारी फिर्ता लिन चाहनेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अन्तिम सूची प्रकाशित हुनेछ ।’

उम्मेदवारको विवरण रुजु गरेर विद्युतीय भोटिङ मेसिनमा प्रविष्ट गर्ने काम पनि सँगसँगै भइरहेको छ । उनका दिवा खानापछि मतदानमा प्रवेश गर्ने अनुमान छ। तर, भोटिङ मेसिनमा नाम प्रविष्टि गर्नै चार घण्टा बढी समय लाग्ने जनाइएको छ । सभापतिको पदमा भने रवि लामिछानेको एकल उम्मेदवारी परेको छ ।

मतदानका लागि ८० वटा विद्युतीय उपकरण तयारी अवस्थामा राखिएका छन् भने नमुना मतदानका निम्ति पाँच वटा उपकरण प्रयोग गरिनेछ। विभिन्न ‘क्लस्टर’बाट पनि उम्मेदवार कायम भएकाले मतदानमा अतिरिक्त समय लाग्ने देखिएको छ ।

मतदान पूरा भएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गरिने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए ।विदेशमा रहेका प्रतिनिधिले मोबाइलमार्फत मतदान गर्नेछन्। महाधिवेशन प्रतिनिधि भने चार हजार बढी छन् । महाधिवेशनस्थलमा केन्द्रीय सदस्यका उम्मेदवारले प्रचारप्रसार जारी राखेका छन् ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान सुरु हुनुअघि मौन अवधि तोकिएको छ । त्यतिबेला उम्मेदवारले प्रचारप्रसार गर्न नपाउने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

आजै रातिसम्म केन्द्रीय सदस्यका लागि पहिलो चरणको निर्वाचन सम्पन्न गरेर दोस्रो चरणमा पदाधिकारीको निर्वाचन गर्ने तयारी गरिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिए । दोस्रो चरणमा दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री गरी छ जनाको निर्वाचन हुनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit