काठमाडौं । अधिकांश सूचक बलियो देखिँदा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को नाफा भने ऋणात्मक रहेको छ ।
कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनी घाटामा रहेको देखिएको हो । पहिलो त्रैमासमा कम्पनीको नाफा २६ करोड ७३ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो आवको यही अवधिमा कम्पनीको नाफा ८ करोड ९५ लाख रुपैयाँले घाटामा थियो ।
विवरण अनुसार सलिकोको नाफा ऋणात्मक भएपनि अन्य सूचकको अवस्था भने राम्रो देखिएको छ । पछिल्लो तीन महिनाको अवधिमा ६२ प्रतिशतले बढेको कम्पनीको बीमाशुल्क आर्जन बापत १ अर्ब २६ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो आर्जन ७७ करोड ८० लाख रुपैयाँ रहेको थियो ।
यस्तै, ६२ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । सलिकोको स्पेसल रिर्जभ भने अघिल्लो आवको तुलनामा स्थिर छ । जहाँ २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। यसैगरी, कम्पनीको महाविपत्ति कोषमा २३ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १७ करोड ४३ लाख रुपैयाँ र अन्य इक्विटीमा ४३ करोड ३४ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।
हाल प्रतिशेयर नेटवर्थ २२९.४८ रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिम प्रतिशेयर आम्दानी ४०.७८ रुपैयाँ र पीई रेसियो १४.७६ रुपैयाँले ऋणात्मक रहेको छ।



कर्पोरेट समाचार 






















प्रतिक्रिया दिनुहोस्