Advertisement
Advertisement
Corporate Samachar
१६ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

किसानलाई धान भित्र्याउने चटारो, बर्षाले १३९ मेट्रिक टन धानबाली नष्ट

किसानलाई धान भित्र्याउने चटारो, बर्षाले १३९ मेट्रिक टन धानबाली नष्ट
विज्ञापन
Advertisement

रामेछाप । रामेछापका तल्लो भेगका किसानहरू अहिले धान भित्र्याउन व्यस्त छन् ।
यस अघि कात्तिकको वर्षाले खेतमा पानी जम्दा काटिएको धान बालीमा क्षति बेहोरेका किसान अहिले केही ढिलागरी काटेको धान भित्र्याउँदै छन् ।

विज्ञापन
Advertisement
Advertisement

जिल्लामा लगाइएको धान बाली भित्र्याउनेक्रम अन्तिम चरणमा पुगेको जिल्ला कृषि विकास कार्यालय रामेछापले जनाएको छ । कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोदप्रसाद दाहालका अनुसार बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा करिब १३९ मेट्रिक टन धानबाली नष्ट भयो । यसबाट किसानलाई करिब ६० लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति पुगेको उनले बताए ।

सबैभन्दा बढी क्षति खाँडादेवी गाउँपालिकामा भएको छ । सो पालिकामा ६२ हेक्टर क्षेत्रमा लगाइएको धानमध्ये ११४ मेट्रिक टन बाली नष्ट भई किसानले ३५ लाख रुपैयाँ बराबरको क्षति बेहोर्नु परेको दाहालले जानकारी दिए ।

त्यसैगरी लिखु तामाकोशी गाउँपालिकामा करिब २५ हेक्टर क्षेत्रफलमा बाली नष्ट भई २७ लाख रुपैयाँ बराबरको क्षति भएको कृषि विकास कार्यालयले जनाएको छ । रामेछापमा कुल ८ हजार ६ सय १५ हेक्टर धान खेतीयोग्य जमिन रहेको छ । यस वर्ष सो क्षेत्रफलको करिब ९५ प्रतिशत जमिनमामा रोपाइँ सम्पन्न भएको थियो । जिल्लामा धानको औसत उत्पादकत्व प्रतिहेक्टर २ दशमलव १७ मेट्रिक टन रहेको कृषि विकास कार्यालयका तथ्याङ्कले देखाउँछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit